Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा टिकटकलगायत ५९ एपमाथि स्थायी प्रतिबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 8K
    SHARES

काठमाडौं । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्राद्योगिकी मन्त्रालयले टिकटकलगायत ५९ चिनियाँ एपमाथि स्थायीरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसअघि गत जुन महिनामा गरेको निर्णयलाई स्थायी गरिएको मन्त्रालयले बताएको छ । मन्त्रालयले गत जुन महिनामा यी एपहरुमाथि प्रतिबन्ध लगाउँदै एनिर्माताहरुबाट एपको सुरक्षा र गोपनीयताबारे व्याख्याको लागि समय दिएको थियो ।

तर, कुनै पनि कम्पनीले बुझाएको जवाफबाट सरकार सन्तुष्ट नभएको मन्त्रालयले बताएको छ ।स्थायीरुपमा प्रतिबन्ध लागेका एपहरुमा टिकटक, वीच्याट, यूसी ब्राउजरलगायतका एप छन् । गत जुन महिनामा मन्त्रालयले यी एपहरुमाथि प्रतिबन्ध लगाउँदै यी एपहरु भारतको सार्वभौमिकता र अखण्डताप्रति पूर्वाग्रही रहेको बताएको थियो ।

गत वर्षको जुनमा भारतको लद्दाखस्थित सीमाक्षेत्रमा भएको झडपपछि भारतले त्यसको जवाफमा चिनियाँ एपहरुमाथि प्रतिबन्धको निर्णय गरेको थियो । उक्त झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । गत सेप्टेम्बरमा भारतले चिनियाँ एपमाथिको प्रतिबन्धलाई थप विस्तार गर्दै ११८ मोबाइल एपमाथि प्रतिबन्धको निर्णय गरेको थियो । यसअघि लगाइएको प्रतिबन्ध स्थायी बनेको विषयमा टिकटकले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४