Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘जसले अध्यक्ष दिन्छ त्यही समूहमा जान्छु’ नभनेको वामदेवको प्रस्टाेक्ति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 3.3K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले विभिन्न सञ्चारमाध्ययमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ । बिहानैदेखि सञ्चारमाध्यममा वामदेवले ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भनेको भन्दै समाचार प्रकाशित भएपछि उहाँको सविचाललय त्यसको खण्डन गरेको हो ।

वामदेवका सचिवालय सदस्य विश्वमणि सुवेदीले गौतमलाई अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने उदेश्यले यस्तो प्रचार भएको बताउनुभएको छ । उहाँले राससमा प्रकाशित उक्त समाचारलाई पनि त्यहि क्रमको निरन्तरता भएको जनाउनुभएको छ ।

‘सोमबार केही पत्रकार साथीहरु उहाँलाई भेट्न भैंसेपाटीस्थित हाम्रो सचिवालयमा आउनुभएको थियो । ती साथीहरु पत्रकारमात्र नभई पार्टी र संगठनमा समेत आवद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गर्न आउनुभएको हो । उहाँहरुसँग पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असर लगायतका विषयमा अनौपचारिक कुरा भएको हो । तर, जसरी समाचारमा आएजस्तो ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने कुरा उहाँबाट व्यक्त भएको छैन ।’ सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

वामदेवको नेतृत्वमा बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा हुँदैछ । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा भएकाले अभियान सञ्चालन गर्न लागेको वामदेवको सचिवालयले जनाएको छ । ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी वामदेव कमरेडको नाममा भनाइ सार्वजनिक गरियो, यसलाई हामीले पार्टी एकताको निस्वार्थ उद्देश्यमाथि प्रहार गरिएको रुपमा बुझेका छौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

‘क.वामदेव गौतम पार्टी एकताका निम्ति आफूसँग भएका पदहरु गुमाउन वा कसैका निम्ति छोडिदिन पनि तयार हुनुहुन्छ । किनभने, पार्टीको एकता आम नेपालीको चाहना हो । मुलुकको विकास, सुशासन र समृद्धिका लागि पार्टी एकता अनिवार्य छ ।’ सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४