Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 4.1K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाली कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रिय कार्यसमिति बैठकले माघ १९, २४ र ३० गते आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । केन्द्रिय कार्यसमितिले माघ १९ गते भ्रातृ संस्थाहरूको विरोध प्रदर्शन, २४ गते शुभेच्छुक संस्थाहरूबाट ३० गते ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने भएको छ ।

यसअघि पार्टीको पदाधिकारी बैठकले माघ १९, २४ र २७ गते विरोधका कार्यक्रम गर्ने निर्णय गर्दै त्यसलाई केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको थियो । बैठकले माघ २७ गतेको विरोध कार्यलक्रमलाई तीन दिन पछि सार्दै ३० गते पु¥याएको हो ।

त्यसअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा प्रस्तुत हुनका लागि छुट्टाछुट्टै छलफल गरेका थिए । पार्टी सभापति देउवा निर्वाचनको पक्षमा उभिनुभएको छ भने वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म आन्दोलनलाई चर्काउनुपर्ने पक्षमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४