Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१४ करोड खुद नाफासँगै अपि पावरको सेयर भ्यालू बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 4.1K
    SHARES

काठमाडौं । विद्युत विक्रीबाट हुने नाफा बढेसँगै अपि पावर कम्पनी लिमिटेडको खुद नाफामा वृद्धि भएको छ ।

गतवर्ष यहि समयमा ४ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले पछिल्लो तीन महिनामा १४ करोड ३२ लाख १२ हजार रुपैयाँ कमाएको छ । कम्पनीले विद्युत विक्रीबाट गतवर्षको यहि तीन महिनामा १३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेकोमा अहिले २४ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो त्रैमासिक विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार बोनस तथा हकप्रदलाई समायोजन गरी कम्पनीको चुक्ता पुँजी १ सय १९ करोडबाट बढेर १ सय ९२ करोड पुगेको छ । गतवर्ष यहि समयको तुलनामा यो १ सय ५७ प्रतिशतले बढी हो ।

कम्पनीको प्रति सेयरको कमाइ पनि बढेको छ । गतवर्ष ६ रुपैयाँ ९६ पैसा रहेको प्रतिसेयर कमाई अहिले १४ रुपैयाँ ८४ पैसा पुगेको छ । प्रतिसेयरको कमाइ बढेसँगै सेयरको मार्केट भ्यालूमा पनि बढेको छ । गतवर्ष १ सय २४ रुपैयाँ रहेको मार्केट भ्यालु अहिले २ सय ६५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४