Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभा विघटनको मुद्दामा बहस जारी, अधिवक्ता थापा भन्छन्– प्रधानमन्त्रीको ‘हिटलर पारा’ भो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 6.6K
    SHARES

काठमाडौँ, /  प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ जारी रहेको छ । मंगलबार (आज)को बहस वरिष्ठ अधिवक्ता शम्भु थापाले सुरु गरेका छन् । सोमबार बोल्दाबोल्दै समय अपुग भएपछि थापाले आजका लागि बहस लम्ब्याएका थिए ।

आज पनि रिट निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको छ । बहसका क्रममा अधिवक्ता थापाले प्रतिनिधिसभा विघटनको औचित्य प्रधानमन्त्रीले पुष्टि गर्न नसकेको आशय प्रकट गरे । प्रधानमन्त्रीले दुई तिहाई बहुमतका लागि संसद विघटन गरेर निर्वाचनमा जाने भनी जवाफ दिएकोप्रति इंगित गर्दै अधिवक्ता थापाले त्यसलाई ‘हिटलर पारा’ भनी टिप्पणी गरे ।

उनले संसद विघटनलगत्तै प्रधानमन्त्रीले थप गैरकानुनी काम गरेको समेत बताए । ‘पुस ५ गते नै विघटन भयो, पुस ५ मै संवैधानिक अंगमा सिफारिस गरेर संसदमै पठाउनुभयो,’ अधिवक्ता थापाले भने, ‘बिहान ऐनअन्तर्गत बैठक बसेको छ, बेलुका अध्यादेश अन्तर्गत बसेको छ । जसले ४५ जनालाई संवैधानिक अंगमा सिफारिस गर्‍यो । त्यसमा स्वयं प्रधानन्यायाधीश पनि हुनुहुन्थ्यो तर त्यो संवैधानिक दायित्व थियो ।’

बहसकै क्रममा अधिवक्ता थापालाई संवैधानिक इजलासबाट न्यायाधीश अनिल सिन्हाले सरकार चलाउन असहयोग गरेको देखियो नि भनेर प्रश्न गरे । तर अधिवक्ता थापाले न्यायाधीशको कुराको खण्डन गर्दै भने, ‘नीति कार्यक्रम चलेकै छ, बजेट चलेकै छ । कुनै पनि मन्त्रीले सरकार छाडेका छैनन् । प्रधानमन्त्रीलाई कुन काममा असहयोग भयो ?’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४