एजेन्सी, / चीन र भारत सीमाका सैनिकबीच फेरि भिडन्त भएको छ ।दुबै तर्फका केही सैनिक घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएका हुन् । सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बताइएको छ।
गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए । उक्त समयमा पनि चिनियाँ सैनिकमा क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन्।
तीन दिनअघिको घटना भने चिनियाँ सैनिकको टोली भारतीय क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि नकुला पासमा भिडन्त भएको जनाइएको छ ।
भिडन्तपछि चिनियाँ सैनिक पछाडि हटेको बताइएको छ।