Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माघ १४ बाट करीब तीन सय अस्पतालबाट कोरोना खोप लगाइने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ११ २०७७
  • 3.7K
    SHARES

काठमाडौं । कोरोनाविरुद्धको खोप कोभिसिल्ड आज सातै प्रदेशमा पुग्दैछ । भारतले अनुदानमा दिएको कोभ्याक्सिन खोप हिजोबाट प्रदेशहरुमा पठाउन शुरु गरिएको हो ।

प्रदेशबाट नै जिल्ला अस्पतालमा आवश्यकताका आधारका खोप वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ ।

मन्त्रालयले खोप व्यवस्थापनका लागि सात वटै प्रदेशको संयोजक समेत तोकेको छ । खोप अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोरोनाको सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

भारतले अनुदानमा उपलब्ध गराएको १० लाख कोभ्याक्सिन गत विहिबार नेपाल ल्याइएको हो । दुई मात्रामा दिइने कोरोनाको खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने छ । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

माघ १४ गतेबाट सात प्रदेश र ७७ जिल्लामा गरी करीब तीन सय अस्पतालबाट खोप लगाइने तयारी छ । उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४