Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कसरी हुन्छ युरिक एसिड ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १० २०७७
  • 5.5K
    SHARES

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ ।

जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ ।

उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ 

सुरुसुरुमा यूरिक एसिड बढ्नुको कुनै लक्षण देखिदैन । कयौ मानिसलाई त यसको लक्षण र यसलाई पहिचान गर्ने तरीका पनि थाहा हुँदैन ।

सामान्यतया, यूरिक एसिड बढेमा जोर्नी दुख्ने, उठ्न–बस्न कठिनाई हुने, औला सुन्निने, जोर्नीमा गाँठो पर्ने गर्छ ।

त्यस्तै, हात तथा खुट्टा घोचाई सहितको तिव्र पिडा हुने गर्छ । यूरिक एसिड भएमा मान्छे चाँडै थकित हुन्छ । त्यसबाहेक, मिर्गाैलाको समस्या तथा पिसाब फेर्नमा कठिनाई हुने गर्छ ।

यूरिक एसिड बढ्नुको कारण

-खानपान तथा जीवनशैलीको बदलाव नै यूरिक एसिड बढ्नुको मुख्य कारण हो ।

-मधुमेह रोगीले सेवन गर्ने औषधीका कारण पनि यूरिक एसिड बढ्नसक्छ ।

-रातो मासु, सी फूड, दाल, राजमा मसरुम, टमाटर, बन्दा, मटर, पनीर, भिण्डी, चामल लगायतका कारण पनि शरीरमा यूरिक एसिड बढ्ने गर्छ ।

-खानाको रुपमा सेवन गरिने प्रोटिनले पनि शरीरमा यूरिक एसिडको मात्रा बढाउने गर्छ ।

-जर्बजस्तीको एक्सरसाइज तथा तौल कम गर्ने चक्करमा पनि यूरिक एसिडको समस्या निम्तिने गर्छ ।

-उच्च रक्तचापमा सेवन गरिने औषधी, पेन किलर तथा क्यान्सरको उपचारमा प्रयोग हुने औषधीले पनि यूरिक एसिडको मात्रा बढ्ने गर्छ ।

-यस्तै, आणुवंसिकता, शरीरमा आइरनको मात्रा बढेमा, थाइराइडको समस्या भएमा, मिर्गाैला खराब भएमा, मोटोपना भएमा वा अत्याधिक मात्रामा मदिरापानका कारण पनि यूरिक एसिड बढ्ने गर्छ ।

के हुन्छ असर ?

शरीरको साना–साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । यदि तपाईको उमेर २५ बर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाई यस रोगको जोखिममा पर्नुहुनेछ । राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । यस रोगले शरीरको स–साना जोर्नीमा असर गर्छ । जोर्नीमा पीडा महसुष हुन्छ ।

कसरी नियन्त्रण गर्ने ?

– पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।

– खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।

-रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ ।

-हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन–सि जरुर लिनुहोस् ।

– नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४