Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोलुखुम्बुमा प्याराग्लाइडिङको परीक्षण उडान सफल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १० २०७७
  • 5.3K
    SHARES

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–१ खार्चेमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो । दुई हजार छ सय मिटर अग्लो खार्चेबाट प्याराग्लाइडिङको उडान सुरु गरिएको हो ।

प्याराग्लाइडिङ पाइलट पेम्बा वाङछु शेर्पाले आफ्नै गाउँको आकासमा उडान भर्न पाउँदा खुसी लागेको बताउनुभयो । नेपालको विभिन्न क्षेत्रमा प्याराग्लाइडिङको उडान गर्दै आउनु भएका शेर्पाले सोलुखुम्बुको खरिखोला, वाकु र वाप्सा क्षेत्रमा पनि सम्भावना रहेको बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनको लागि व्यवसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालनको तयारी भइरहेको वडा अध्यक्ष ङिमादोर्जी शेर्पाले बताउनुभयो । सगरमाथा क्षेत्र लुक्ला नाम्चे जानको लागि सडक मार्गको नजिक पर्ने उक्त क्षेत्रमा पर्यटकको लागि प्याराग्लाईडिङ उपयुक्त हुने वडा अध्यक्ष शेर्पाको भनाइ छ ।

नियमित रूपमा व्यवसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएकाले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास पर्यटन व्यवसायीहरूको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४