काठमाडौं,/ मुलुकमा थप २ सय ३२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ९१ र पुरुषको संख्या १ सय ४१ छ । पछिल्लो २४ घण्टामा ३ हजार ५४१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ३२ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ ।
काठमाडौं उपत्यकामा थप १ सय ९ जनामा संक्रमण फेला
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय ९ जना संक्रमित फेला परेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४९ जना महिला र ६० जना पुरुष गरी १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २५ हजार ७ सय ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ८६ निको भए, ८ को मृत्यु
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ८६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय ८६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३ हजार ४ सय ५२ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ सय ४७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५४१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २० लाख ३८ हजार ८ जनाको ४२ पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ९४ पुगेको छ ।