Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा विघटन वहस: ‘गैह्रसंवैधानिक निर्वाचनको परिणाम कानूनी हुन सक्दैन’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १० २०७७
  • 2.5K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा धारा–७६ को उपधारा–७ को ब्याख्या दैनिक हुन्छ । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बहसमा आउने वकिललाई पटक–पटक सोध्छन्– ‘संविधानमा विघटनको व्यवस्था त छ नि हैन् ?’ शुक्रवार वरिष्ठ अधिवक्ता शैलेन्द्रकुमार दाहालले धारा–७६ को ब्याख्या यसरी गरे–‘धारा–७६ (७) अनुसार पूरानो प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको र, हाउसले बनाउने नयाँ प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा प्रतिनिधिसभा विघटन हुन्छ । तर, सो कुरा संविधान अनुसार नै हुनुपर्छ ।’

पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायका छोरा शैलेन्द्रले पुस ५ मा राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाको भाषाबारे संवैधानिक इजलासमा प्रश्न उठाएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको संसद विघटनको सूचनामा ‘मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रधानमन्त्रीको सिफारिसमा विघटन’ गरिएको भन्ने भाषा प्रयोग भएको थियो । ‘धारा–६६ (२) ले मन्त्रिपरिषद्को सिफारिसमा गर्ने र सो सिफारिस प्रधानमन्त्रीमार्फत राष्ट्रपतिकहाँ गर्ने भनेको छ’ दाहाल भन्छन्– ‘मन्त्रिपरिषद्ले गरेको सिफारिस प्रधानमन्त्रीले स्वीकृतिका लागी पेस गर्ने हो, त्यसैले राष्ट्रपति कार्यालयबाट जारी सूचना भाषिक रुपमा संविधान मुताविक देखिएन् ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा पठाएको लिखित जवाफमा जनता अन्तिम निर्णायक भएकाले ‘ताजा जनादेश’मा जान विघटनको कदम चालेको दाबी गरेका थिए ।  दाहालले इजलासमा ओलीको सो जवाफबारे टिप्पणी गर्दै भने– ‘आवधिक निर्वाचन मात्रै कानूनी बाध्यता हो, ताजा जनादेशका नाममा प्रत्येक ६ महिनामा निर्वाचन गर्ने व्यवस्था संविधानमा राखिएको छ र ?’ 

दाहालले आवधिक बाहेक अन्य चुनाव कानूनी बाध्यता नभएको बताएका छन् । असंवैधानिक निर्वाचन घोषणा गरेर वर्तमान सरकारले जनताको नाममा जनतालाई नै पीडा दिएको दाहालको भनाई छ । ‘बजारभाउ, पेट्रोलको मूल्य बढिसक्यो’ उनले भने- ‘प्रधानमन्त्रीको कदमले जनतालाई पीडा दिएको छ ।’ 

घोषणा गरिएको निर्वाचनको स्रोत दूषित भएको जिकिर गर्दै दाहालले भने– ‘दूषित स्रोतको आधारमा हुने गतिविधि गैरकानूनी हुन्छ, गैह्रसंवैधानिक तवरले घोषणा गरेको निर्वाचनको परिणाम कानूनी हुन सक्दैन ।’ कोरोना भाईरसको खोप ल्याउन सरकारले कोष खडा गरेर चन्दा मागेको तर, निर्वाचन गराउनचाहि ‘अर्बौ पैसा छ’ भन्नु असान्दर्भिक भएको दाहालको भनाई छ । बेन्चमा उनले प्रश्न गरे– ‘जनताको स्वास्थ्य ठुलो कुरा कि, चुनाव ?’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरताका लागि चुनावमा जान लागेको लिखित जवाफ अदालतमा पठाएका थिए । सो जवाफमा दाहालले टिप्पणी गरे– ‘रत्नपार्कमा ज्योतिषले गरेजस्तो स्थिरताको भविष्यवाणी कसैले गर्न सक्छ ?’  निर्वाचनमा कुन पार्टीको कति सिट आउँछ भन्ने पहिले नै थाहा नहुने दाहालले बताए । उनले भने– ‘भोलि कुन दलको कति सिट आउँछ भन्ने आँकलन गरेर पहिलेनै प्रधानमन्त्रीले लिखित जवाफमा भनेजस्तो स्थिरता आउने भविष्यवाणी गर्न सकिन्न् ।’

इजलासमा प्रायः उठ्ने गरेको अर्को प्रश्न हो– ‘केपी शर्मा ओली धारा–७६ (२) अनुसारका प्रधानमन्त्री हुन् कि (१) अनुसारका ?’ राजनीतिक दल सम्बन्धी ऐन–०७३ को दफा (१०) अनुसार दुई पार्टीको एकीकरणको सूचना निर्वाचन आयोगले राजपत्रमा  प्रकाशन नगरेको दाबी गर्दै दाहालले भने- ‘अहिले उहाँको हैसियत ७६ (२) अनुसारको प्रधानमन्त्री हो ।’  ओलीले धारा–७६ (१) अनुसार नियुक्त गरिपाउँ भनेर राष्ट्रपति कार्यालयमा दावी गरेका छैनन् । राजपत्रमा सूचना पनि प्रकाशन नभएको हुनाले प्रधानमन्त्री ७६(२) अनुसारकै भएको दाहालको जिकिर छ । 
 #court

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४