Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन तयारीको छलफलमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 4.8K
    SHARES

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजना गरिएको निर्वाचन तयारीको छलफल नेकपा प्रचण्ड–माधव समूहले बहिस्कार गरेको छ ।

शुक्रबार जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको सर्बपक्षीय छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै प्रचण्ड–माधव समूहले बहिस्कार गरेको हो ।

नेकपा प्रचण्ड–माधव समूहका मोरङका नेता पारुल क्षेत्रीले ‘प्रतिगम मुर्दावाद, केपी ओली मुर्दावाद’ भन्दै नाराबाजी गरे ।

सर्वपक्षीय छलफलमा प्रचण्ड–माधव समूहबाट क्षेत्रीसहित चारजना प्रतिनिधि पुगेका थिए । निर्वाचन तयारीका बारेमा छलफल सुरु भएपछि क्षेत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमले संविधानमाथि प्रहार भएको बताउँदै नहुने निर्वाचनको तयारी गरेको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले छलफल आवश्यक रहेको बताएका थिए । क्षेत्रीले छलफल बहिस्कार गर्ने बताएपछि प्रमुख जिल्ला अधिकारीले त्यो तपाईंहरुको अधिकार भनेपछि नेकपा प्रचण्ड–माधव समूहको टोली बैठकबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४