Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रहेनन् विश्व कीर्तिमानी रुप कार्की


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 5.4K
    SHARES

रबुटवल,/  भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको ५२ वर्षको उमेरमा निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ भलवारी बस्दै आएका कार्कीको आज विहान हृदयघातबाट निधन भएको हो ।

बुटवलबाट काठमाडौं लैजादै गर्दा मुगलिन नजिकै बाटोमा निधन भएको जनाइएको छ । सन् २०१९ मा आयरल्यान्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितेका थिए ।

सन् २०१९ को जुलाईमा ५०–५४ बर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले यूएसपीएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपीएल प्रतियोगितामा उनी छनौट भएका थिए ।

भारत्तोलक कार्कीले ४४–४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको यूएसपीएल प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।

नेपालमा भारत्तोलनको तालिम सञ्चालन गरेर आगामी पुस्तालाई पनि विश्व च्याम्पियन स्तरमा पुर्याउने उद्देश्यले नेपाल फर्किएका थिए ।

नेपाल र नेपालीको नाम बिश्वसामु पुर्याउन सफल भारत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी एवं च्याम्पियन कार्कीको निधनले खेलजगत स्तब्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४