Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओलीसँग अरिंगालको सानो गोलो र साइबर सेना मात्रै छ : माधव कुमार नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 5.4K
    SHARES

काठमाडौं /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधव कुमार नेपालले नेकपाको आफूहरुले अगुवाई गरिरहेको बताउनु भएको छ । उता प्रधानमन्त्री ओली समुहसँग सानो अरिंगालकलो गोलो र साइबर सेना मात्रै भएको दावी गर्नुभएको छ ।

अध्यक्ष नेपालले संसद विघटनपछि भइरहेको प्रदर्शनमा बिशाल उपस्थिती भइरहेको बताउदै ओलीको सानो साईबर सेनाले आफूहरुक प्रदर्शनलाई ठेग्न नसक्ने बताउनु भयो ।

उहाँले हरेक प्रदेश, जिल्ला देखि बिदेशका रहेका कमिटीहरुमा समेत ओलीको समुह कमजोर रहेको र ओलीको कदमबिरुद्धको पक्षमा ठूलो समुह रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘ओली सँग अहिले सानो अरिंगालको गोलो र साइबर सेना मात्रै छ, त्यसले हाम्रो बिशाल फौजलाई ठेग्न सक्दैन।’

त्यस्तैगरी उहाँले २०४७ सालमा पार्टीले खटाए अनुसार आफूले निर्वाचन आयोगमा पुगेर सूर्य चिन्ह ल्याएको बताउदै सूर्य चिन्हको माया ममता आफूमा रहेको बताउनु भयो । केपी ओलीलाई गणतन्त्र, संघियता र समावेशीताको माया नभएको आरोप दगाउदै आफूहरुले गणतन्त्र ल्याएको र आफूहरुको सूर्य र गणतन्त्रमा माया रहेको बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीमा गणतन्त्रको माया र संघियता प्रतिको प्रतिबद्धता ओलीमा नरहेको बताउदै अध्यक्ष नेपालले सबै लोकतान्त्रीक पार्टीहरुलाई एक ओलीको कदमबिरुद्ध उठ्न आग्रह गर्नुभयो । अध्यक्ष नेपालले ओली भस्मासुर भएको समेत आरोप लगाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४