Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मूल सडक नै छेकेर दाहाल–नेपाल नेकपाले गर्‍यो ओली कदमको विरोध, सर्वसाधारणलाई अनाहकमा सास्ती


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 2.7K
    SHARES

काठमाडौं,/  प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको कदमविरुद्ध आन्दोलनमा रहेको दाहाल–नेपाल नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले काठमाडौंको विभिन्न स्थानबाट निकालेको जुलुश र मध्य सडकको बीचमा मञ्च राखेर सभा गर्दा आम मानिसले भने अनाहकमा दुःख पाएका छन् ।

काठमाडौंको रत्नपार्कबाट भद्रकालीतर्फ जाने मूल सडक नै कब्जा गरेर सभाका लागि मञ्च बनाउँदा टुँडिखेल वरिपरिको सडक भएर जाने विभिन्न ठाउँका यात्रु र सवारी प्रभावित बनेका हुन् ।

रत्नपार्कबाट भद्रगाली जाने सडकको प्रदर्शनी मार्ग प्रवेश गर्ने र भन्द्रगाली जाने विन्दुमा मञ्च तयार गरिएको हो । जसका कारण काठमाडौंका लगभग सबैतर्फ जाने तथा रत्नपार्कबाट ललितपुर र भक्तपुर जाने सवारी र यात्रु प्रभावित भएका छन् ।

आफ्नो राजनीतिक लाभका लागि दलहरुले सडक नै कब्जा गरेर यसरी कार्यक्रम राख्दा विरामी बोकेर अस्पताल जाने एम्बुलेन्सलगायतका आपतकालीन सेवा प्रभावित बनेका हुन् ।

काठमाडौंमा विभिन्न ९ स्थानबाट निस्केको जुलुश निस्किएर पुरानो बसपार्कअगाडि सभामा परिणत भएको हो । विभिन्न ठाउँबाट निस्कने जुलुशको नेतृत्वका लागि नेकपाका विभिन्न नेतालाई जिम्मेवारीसमेत तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४