Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

४ बर्ष पर्खिएपछि राजेशले किन रोजे ‘सत्यम्’ ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 2.8K
    SHARES

नायक राजेश हमालको टाउको पोष्टरमा राख्दा मात्र पनि कुनै समयमा चलचित्रले हलसम्म दर्शक तान्थे । राजेश हमाललाई महंगो पारिश्रमिक दिएर उनलाई छोटो भूमिकामा काम गराउन निर्माता लालयित हुन्थे । राजेश हमालले पनि आफूलाई चलचित्रमा हरेक किसिमको भूमिकामा उभ्याउँदै गए ।

जसलेगर्दा, उनको क्रेज पर्दामा कमजोर बन्न थाल्यो । कथावस्तुमा कुनै परिवर्तन नहुने, सधै एउटै शैलीको चलचित्र खेल्ने जस्ता कारणले हमाललाई पर्दामा दर्शकले पत्याउन छाडे । यो कुरा वुझेका हमालले आफूलाई केही भिन्न देखाउने कोशिश गरे । तर, ‘बागमती र शकुन्तला’ उनले सोचे जस्तो चलेनन् । ‘शकुन्तला’मा तेश्रो लिङ्गीको भूमिकामा देखिएका हमाललाई दर्शकले रुचाएनन् । यसपछि भने हमालले चलचित्र साइन गर्न लामै समय लगाए ।

हमालले ४ बर्षसम्म चलचित्रमा काम गरेनन् । यो विचमा उनले साढे २ दर्जन बढी स्क्रिप्ट पढे । तर, कुनै पनि कथा मन पराएनन् । बरु, राजेशले चलचित्र नै निर्देशन गर्ने चर्चा चल्यो । तर, उनको यो चर्चा पनि चर्चा मै सिमित छ ।

तर, ४ बर्षपछि राजेश हमालले चलचित्र ‘सत्यम्’ मा काम गर्ने तयारी गरेका छन् । यो चलचित्रको कथा मन परेपछि राजेशल ठूलो पर्दामा फर्किन लागेका हुन् । चलचित्रमा काम नगरेपनि हमालले म्यूजिक भिडियोमा भने धमाधम काम गरिरहेका छन् ।

चलचित्रको शिर्ष भूमिकामा राजेश हमाल नै देखिदैछन् । चलचित्रले देशले नचिनेको एक हिरोको कथा भन्नेछ । यसैले पनि हमाल यो चलचित्रको कथाप्रति आकर्षित भएका हुन् ।

राजेश हमालको पर्दा बाहिरको क्रेज घटेको छैन । निर्देशक दीपाश्री निरौलाले हमालको बारेमा दिएको एक बयानपछि उत्पन्न विवादले पनि राजेश हमालको क्रेज प्रष्ट्याएको थियो । तर, अब यो सामाजिक संजालमा देखिएको क्रेज हलसम्म देखिन्छ या देखिदैन हेर्न बाँकी छ ।

राजेश हमाल चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा जुन कुराले चले, उनलाई निर्माता–निर्देशकले सोही कुरामा बारम्बार चलाउन खोजे । उनलाई लिएर फरक कथामा चलचित्र बनाउने कोशिश नै भएन । के ‘सत्यम्’ले दर्शकको यो अपेक्षा पुरा गर्ला त ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४