Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कविताको फिल्म नचलेपछि करिश्मा लेख्छिन्–‘तर, बच्चा त राम्रो थियो’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 3.7K
    SHARES

नायिका करिश्मा मानन्धरको क्रेज नेपाली चलचित्रमा आज पनि उस्तै छ । भलै, उनका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्दैनन्, तर पर्दा बाहिर उनको लोभलाग्दो क्रेजमा कमी आएको छैन ।

करिश्माको सुन्दरताको आज पनि उस्तै चर्चा हुन्छ । कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी करिश्मा आफ्नी छोरी कविता मानन्धरलाई पनि यही क्षेत्रमा अगाडि ल्याउन चाहन्थिन् । करिश्माको योजना त उनले नै निर्देशन गर्ने चलचित्रबाट छोरीलाई यो क्षेत्रमा डेब्यू गराउने भन्ने थियो । तर, यो सफल हुन सकेन ।

आफ्ना साथी शिव श्रेष्ठले कवितालाई डेब्यू गराउन चाहेपछि करिश्माले हुँदैन भन्न सकिनन् । यसपछि, कविता चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को नायिका बनिन् । तर, चलचित्र निर्माण सुरु गर्दा जुन जोशका साथ काम अगाडि बढेको थियो, त्यो विचमा गएर रोकियो । चलचित्र नै रिलिज हुने या नहुने भन्ने दुविधा उत्पन्न भयो ।

यतीसम्म कि, चलचित्रको स्क्रिप्ट अनुसार पूर्ण दृश्य नै खिचिएन । चलचित्रका कलाकारको डबिङ नै गरिएन । शिव श्रेष्ठ जस्ता कलाकारले बनाएको चलचित्रमा किन यति हेलचक्राई भयो यो शिवले नै जान्ने कुरा हो । तर, उनले आफ्नै छोरा शक्ति श्रेष्ठ र करिश्माकी छोरी कविताको करिअर नै समस्यामा पारिदिएका छन् ।

माघ १ गतेबाट चलचित्र रिलिज भएपनि दर्शक हलसम्म आएनन् । चलचित्रले पोष्टरको पैसा पनि उठाउन सकेन । चलचित्र रिलिज हुने भन्ने चर्चासँगै नायिका करिश्मा मानन्धरले असन्तुष्टी जनाउँदै आएकी थिइन् । उनले, छोरीको धेरै दृश्यहरु काटिएको भन्दै असन्तुष्टी व्यक्त गर्दै आएकी थिइन् । जसलेगर्दा, करिश्मा र शिवको मित्रतामा समेत फाटो आएको छ ।

तर, चलचित्र रिलिज भएर पत्तासाफ भएपछि करिश्माले सामाजिक संजालमा यसको शिर्ष गीत शेयर गर्दैै लेखेकी छिन्–‘अरुलाई दोश दिएर महत्वपूर्ण बनाउन चाहन्नँ । तर, बच्चा त राम्रो थियो ।’

करिश्माले चलचित्र रिलिज अगाडि पनि यसको बिषयमा कुरा गरेर शिव श्रेष्ठलाई चर्चामा ल्याउन चाहेकी थिइनन् । चलचित्र रिलिज भएपछि पनि उनको रिस शिवसँग कम भएको छैन । उनले अरुलाई दोष दिएर महत्वपूर्ण बनाउन नचाहने उल्लेख गर्नुको कारण पनि यही हो । तर, उनले बच्चा राम्रो थियो भनेर कविता र शक्तिको कामको भने प्रशंसा गर्न खोजेको देखिन्छ ।

कविता र शक्ति राम्रो भएपनि चलचित्र रिलिज सही ढंगले गर्न नसक्दा चलचित्र असफल भएको वुझाई करिश्माको छ ।

करिश्माले चलचित्र जस्तो भएपनि बच्चा त राम्रो थियो नी भनेर कविताको प्रशंसा त गरेकी छिन् । तर, के कविताले चलचित्र यात्रालाई निरन्तरता देलिन् त ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४