Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुलिसको शानदार जित, धमलाको शतक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 4.3K
    SHARES

काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

बागमती प्रदेशसँग पहिलो खेल हारेको पुलिसले तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गरेको छ ।

कीर्तिपुर मैदानमा पहिले ब्याटिङ्ग गरेको पुलिसले म्यान अफ द म्याच सुनिल धमलाको १०४ तथा दीपेन्द्र सिंह ऐरीको ८५ रनको मद्दतले ४ विकेटको क्षतिमा ३ सय १० रन बनायो ।

जवाफमा लुम्बिनीले ७ विकेटको क्षतिमा दुई सय ३६ रनमात्रै बनाउन सक्योे । सौरभ खनालले ७४ तथा देव खनालले ४९ रन बनाएको इनिङ्समा रसिद खान र पवन सर्राफले २–२ विकेट लिए ।

जितसँगै समूह ‘बी’ को पुलिस ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ । दुवै खेल जितेको बागमती प्रदेश ४ अंकसहित शीर्ष स्थानमा छ । २ खेलबाट २ अंकको लुम्बिनी तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४