Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्यालयलाई क्वारेन्टिन बनाउँदा करोडौंको क्षति


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 2.3K
    SHARES

डडेल्धुरा । कोरोना संक्रमण नियन्त्रणका लागि क्वारेन्टिन बनाइएका डडेल्धुराका विद्यालयहरूमा करोडौको भौतिक क्षति भएको पाइएको छ । रोजगार गुमाएर भारतबाट घर फर्केकाहरूलाई कोरोना संक्रमण व्यवस्थापनका लागि जिल्लाका क्याम्पस तथा विद्यालयहरूलाई क्वारेन्टिन केन्द्र बनाएर राखिएको थियो ।

यस क्रममा क्वारेन्टिनमा बस्नेहरूले फर्निचर तोडफोड, आगजनी, ईमेल, इन्टरनेट तारको दुरुपयोग गर्दा जिल्लाका २ सय ७८ विद्यालयहरुमा करिब एक करोड ५६ लाख बराबरको क्षति भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय डडेल्धुराले जनाएको छ ।

भारतबाट आएका स्थानीयलाई गाउँपालिकाको सक्रियतामा उद्धार गरी स्थानीय स्तरकै सामुदायिक विद्यालयको क्वारेन्टिनमा राखिए पनि उनीहरू अनुशासनमा नबस्दा यस्तो अवस्था आएको हो । अस्थायी क्वारेन्टिन तथा आइसोलेसन बनाइएका १ सय ३५ विद्यालय संक्रमणमुक्त गर्न निर्मलीकरणको जिम्मासमेत विद्यालयले लिनु परेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४