Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कल २४ प्रभाव : रौतहटका डोमवस्तीका बासिन्दा पाए न्यानो ओड्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 4.1K
    SHARES

रौतहट,/  चिसोबाट पिडीत जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ७ का धमौरामा रहेको डोम वस्तीका वासिन्दाहरु ओड्नको लागि न्यानो ओड्ने पाएका छन् । हामीले न्यूज २४ को लोकप्रिय कार्यक्रम कल २४ मा सो वस्तीका मानिसहरुले घरमा न्यानो ओड्ने ओछ्याउने नहुँदा पराल र परालकै सुकुल ओडेर सुत्ने गरेको बारेमा रिर्पोट प्रशारण गरेका थियौ ।

सो रिर्पोटमा उनीहरुले आफुहरु चिसोले सकसपूर्ण जीवन बिताइरहदा पनि आफुले जिताएका जनप्रतिनिधीहरु एकपटक पनि फर्केर नआएको र चिसोको कारण आफुहरुको प्राणै जाने अवस्थामा पुगेको दुःखेसो गरेका थिए । हामीले सो कार्यक्रममा वृन्दावन नगरपालिकाका नगरप्रमुख रामस्नेही यादव र सो वडाका वडाअध्यक्ष जयमंगल पण्डितसँग प्रत्यक्ष कुराकानी गरेर उनीहरुको समस्याबारे अवगत गराएका थियौ ।

हामीले सो स्थानबाट प्रत्यक्ष रुपमा वस्तीका बासिन्दालाई नगरप्रमुख यादवसँग कुराकानी गराएर आफ्नो समस्या राख्ने माध्यम बनेका थियौ । हामीसँगको कुराकानीमा नगरप्रमुख यादवले चिसो पिडित सो वस्तीका बासिन्दाहरुलाई तत्कालको लागि ओड्नको लागि न्यानो व्ल्याङ्केट उपलब्ध गराउने र उनीहरुको दिर्घकालिन जीवनस्तर उकास्न अन्य विभिन्न कायक्रमहरु बनाउने प्रतिवद्धता गर्नुभएको थियो ।

आफ्नो प्रतिवद्धतालाई पुरा गर्दै नगरप्रमुख यादव वडा अध्यक्ष पण्डित सहित आफै सोही स्थानमा पुगेर व्ल्याङ्केट वितरण गर्नुभएको थियो । उहाँले न्यूज २४ को माध्यमद्धारा सो वस्तीको बासिन्दाको समस्या बारे आफुलाई अवगत हुन बित्तिकै आफु त्यसको समाधानमा लागिपरेको भन्दै आफ्नो नगरका नागरिकको समस्या उजागर गरेर समाधानको पहल गरेकोमा न्यूज २४ लाई धन्यवाद दिनुभयो ।

उहाँले अब उनीहरुको स्थायी बसोवास र दिर्घकालिन आयस्रोतको माध्यम बनाउन पनि नगरपालिकाले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै नागरिकको समस्याको समाधान गर्न नगरपालिका सदैव तत्पर रहेको जनाउनुभयो ।

पराल तापेर जाडो कटाइ रहेका उनीहरूलाई ताप्नको लागि दाउरा पनि वितरण गरिएको वडाध्यक्ष पण्डिले बताउनुभयो

न्यानो ओड्ने पाएपछि डोम वस्तीका बासिन्दाहरु निकै खुसी भएका थिए । उनीहरुले आफुहरुको समस्यालाई सबैले वेवास्ता गरेको बेला न्यूज २४ ले प्राथमिकताको साथ उठान गरेर समाधानको प्रयास गरेकोमा न्यूज २४ प्रति अभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४