Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ कांग्रेस केन्द्रीय नेताहरुले भने : शेरधनलाई समर्थन नगरौं


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ७ २०७७
  • 4.9K
    SHARES

नेपाली कांग्रेसका नेताहरु बायाँबाट क्रमश: कृष्णप्रसाद सिटौला, शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र विश्वप्रकाश शर्मा ।

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेश १ का बहुसंख्यक केन्द्रीय नेताहरुले मुख्यमन्त्री शेरधन राईलाई समर्थन गर्न नहुने बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै केपी शर्मा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव राखेको छ ।

तर दुबैसँग प्रदेशसभाको बहुमत छैन । कांग्रेसले जसलाई समर्थन गर्‍यो, उसको बहुमत पुग्ने अवस्था छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश १ का केन्द्रीय नेताहरुसँग छलफल गरेका थिए ।

देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा कृष्णप्रसाद सिटौला, शेखर कोइराला, मिनेन्द्र रिजाल, भीष्मराज आङदेम्बे, विश्वप्रकाश शर्मा, गुरु घिमिरेलगायतले मुख्यमन्त्री राईलाई समर्थन गर्न नसक्ने बताएका छन् ।

‘प्रतिनिधिसभा विघटनलाई हामीले असंवैधानिक भनेका छन् र देशभर कार्यक्रम गरिरहेका छौं’ नेता घिमिरेले भने, ‘त्यही केपी ओलीको इच्छा अनुसारको सरकारलाई बचाउनुभएन ।’

बैठकमा पूर्वमहामन्त्रीसमेत रहेका सिटौला संसद विघटनविरुद्ध देशभर कालोझण्डा देखाउने, प्रदेशमा चाहिँ शेरधन राईलाई सेतो झण्डा देखाउने भनेर प्रश्न गरेका थिए । बैठकमा मिनेन्द्र रिजालले जसले ल्याएको भए पनि अविश्वासको प्रस्तावको पक्षमा उभिनु आफूहरुको धर्म भएको बताएका छन् ।

विश्वप्रकाश शर्मा, भीष्मराज आङ्देम्बेलगायतका नेताहरुले पनि ओलीको असंवैधानिक कदमको विरोध गरेर शेरधन राईलाई जोगाउने गल्ती गर्न नहुने बताएका छन् ।

नेताहरुका अनुसार अविश्वासको प्रस्तावको पक्षमा उभिनुपर्छ भन्नेमा अधिकांश नेताहरु एकमत देखिएका छन् । त्यसपछि प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीका रुपमा अगाडि सारेका भीम आचार्यलाई समर्थन गर्ने कि आफैं नेतृत्व दावी गर्ने भन्ने अलमल कायमै छ । नेकपाको ओली र प्रचण्ड–माधव दुबै समूहले प्रदेश सरकारमा सहकार्य गर्न चाहेको सन्देश भने पठाएका छन् ।

एक पदाधिकारीका अनुसार पर्सि शुक्रबार प्रदेश ३ का केन्द्रीय सदस्यहरुसँग सभापति देउवा र वरिष्ठ नेता पौडेलले यसरी नै छलफल गर्नेछन् । र माघ १३ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा पुग्दासम्म एउटा टुंगोमा कांग्रेस पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४