काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १४५ जना संक्रमित भेटिएका छन् । देशभर कोरोना संक्रमणको उपचारका लागि आईसीयूमा १६५ जना र भेन्टिलेटरमा ३३ जना रहेका छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट हालसम्म १९७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३८३ जना रहेको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । यीमध्ये २ लाख ६२ हजार ६४२ जना निको भएका छन् भने ३ हजार ६९३ जना आइसोलसनमा छन् ।