Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘३८ सांसद हामीसँग छन्, कांग्रेसलाई मुख्यमन्त्री छाड्न तयार छौं’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ७ २०७७
  • 3K
    SHARES

 विराटनगर । प्रदेश १ मा प्रचण्ड माधव समूहले आफूहरुलाई ३८ सांसदको साथ रहेको दावी गरेका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकमा ३३ सांसद उपस्थित भए पनि आफूहरुसँग ३८ सांसद रहेको प्रदेश सांसद राजेन्द्र राईले बताए । संसदीय दलका उपनेता टंक आङबुहाङलगायत ५ जना काठमाडौंमा रहेकाले बैठकमा उपस्थित नभएको उनले बताए ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । ६७ मध्ये ५ जना अहिले पनि ओली समूहमा नगई तटस्थ रहेको राईले बताए ।

तटस्थ बसेकालाई सहमत गराउन सकेमा आफ्नै प्रयासमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पारित हुने प्रचण्ड माधव समूहको जिकिर छ । ‘तटस्थ बसेकाहरु आउनुभयो भने हामै्र मतले अविश्वास प्रस्ताव पास हुन्छ, उहाँहरु नआए अरु दलको समर्थन चाहिन्छ’ उनले भने ।

मुख्यमन्त्रीको विवाह, पार्टीले घोषणा गरेको आन्दोलन लगायतका कारणले अविश्वास प्रस्ताव केही दिनपछि पेश हुने राईले बताए ।

सबै विकल्पमा खुला

सांसद राईले आफूहरु मुख्यमन्त्री पद छाड्न पनि तयार रहेको बताए । अविश्वास प्रस्तावमा मुख्यमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने कानुनी व्यवस्थाका कारण भीम आचार्यको नाम प्रस्ताव गरे पनि सबै विकल्पमा खुला रहेको उनले बताए । ‘ केन्द्रमा सबै सबै प्रदेशको विषयमा छलफल भइरहेको छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४