Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपाध्यक्षको निर्वाचन प्रक्रिया अगाडि नबढाउन आन्तरिम आदेश


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ७ २०७७
  • 2.6K
    SHARES

काठमाडौं । उच्च अदालतले मनहरी गाउँपालिका, मकवानपुरको उपाध्यक्षको निर्वाचन प्रक्रिया अगाडि नबढाउन आन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश राजकुमार वन र मेरिना श्रेष्ठको इजलासले उपाध्यक्षले मनिला विष्टले दिएको राजीनामा पत्रमा मिति नभएको र राजीनामा लागू हुने मिति समेत उल्लेख नभएकाले मुद्दाको अन्तिम टुंगो नलागेसम्म पदपूर्ति प्रक्रिया अगाडि नबढाउन आन्तरिम आदेश दिएको हो ।

गाउँपालिकाका अध्यक्षसँग असन्तुष्ट उपाध्यक्षले मंसिर अन्तिममै राजीनामा दिएको चर्चा चलेको थियो । तर पुस पहिलो साता बसेको गाउँ कार्यपालिका बैठकले त्यसको खण्डन गर्दै राजीनामा नदिएको प्रष्ट पार्‍यो ।

तर सत्तारुढ नेकपा विभाजन भएको केही समयपछि पुस १७ गते एकाएक उनको राजीनामा स्वीकृत भएको निर्णय सार्वजनिक भएको थियो । उपाध्यक्ष विष्टले भने आफूले राजीनामा नै नदिएको दाबी गर्दै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४