Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘माया लुकी लुकी’लाई युटुबमा १० करोड भ्यूज


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ७ २०७७
  • 4K
    SHARES

‘माया लुकी लुकी’ बोलको गीतको भिडियो भन्दा अगाडि अडियो सार्वजनिक भएको थियो । सोही समयमा गायिका टीका प्रसाँइलाई धेरैले राम्रो गीत भनेर बधाई दिएका थिए । टीका आफैलाई पनि गीत असाध्यै मन परेको थियो । आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीतमा टीकाले आवाज दिएकी छिन् ।

अडियो सार्वजनिक भएको केही दिनपछि ‘कार्टुन क्रु’को निर्माणमा गीतको भिडियो तयार भयो । यो गीतको भिडियोलाई युटुबमा सार्वजनिक गरेपछि दर्शकले झनै माया गरे । छोटो समयमै गीत चर्चाको शिखरमा पुग्यो । शहरदेखि गाउँ, सांगीतिक जमघटदेखि रेष्टुरेण्टसम्ममा गीत घन्किन थाल्यो । युटुबमा गीतले भ्यूजमा पनि नयाँ नयाँ रेकर्ड बनाउँदै गयो ।

सार्वजनिक भएको साढे २ बर्षपछि गीतले नयाँ सफलता हात पारेको छ । यो गीतको भिडियोले युटुबमा १० करोड भ्यूज पार गरेको छ । योसँगै ‘माया लुकी लुकी’ले युटुबमा १० करोड पार गर्ने एल्बमको गीतको नयाँ रेकर्ड बनाएको छ ।

यसअघि चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ले युटुबमा १० करोड भ्यूज पार गरेको थियो ।

आफ्नो गीतले १० करोड पार गरेसँगै गायिका टीका भन्छिन्,–‘यो सबै दर्शक तथा श्रोताको माया हो ।’

गीत गाएपछि नै उनलाई दर्शक तथा श्रोताले मन पराउने विश्वास थियो । टिकाले  खुशी साट्दै भनिन्–‘तर, मलाई यति धेरै माया पाउँछु जस्तो लागेको थिएनँ । आज गीतले नयाँ रेकर्ड बनाएकोमा खुशी लागेको छ । यो मेरो मात्र नभएर सिंगो सांगीतिक क्षेत्रको सफलता हो ।’

मेला–महोत्सवमा समेत टीकाका लागि यो गीत अनिवार्य जस्तै बनेको थियो । ‘अधिकांश ठाउँमा ‘वान्समोर’ आयो । उनले एउटै कार्यक्रममा यो गीत ५ पटकसम्म गाएकी छिन् ।
गीत हिट हुनुमा अडियो र भिडियोको संयोजन भएको टिकाको तर्क छ ।

उनले भनिन्,–‘अडियो जस्तो छ, त्यसलाई सुहाउने भिडियो भएर होला ।’ यो सफलताले आउँदा दिनमा थप राम्रो काम गर्न चुनौती थपिएको टीका बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४