काठमाडाैँ। प्रतिनिधि सभा विघटनविरूद्धकाे मुद्दामा आज (मंगलबार) पनि बहस जारी छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा आजको बहस सुरू भएको छ । रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले मंगलबारकाे बहस सुरू गरेका हुन्।

संवैधानिक इजलासमा प्रधानमन्त्रीद्वारा प्रतिनिधि सभा विघटन गरिनु गैरसंवैधानिक कदम रहेकाे भन्दै रिट निवेदक तर्फका अधिवक्ताहरूले विभिन्न तर्क राखेका छन् । आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको उक्त मुद्दामा सोमबार जम्मा २ जना वकिलले बहस गरेका थिए । रिट निवेदकका तर्फबाट एकै वकिलले करिब ३ घण्टा बहस गरेपछि समय लम्बिनसक्नेतर्फ न्यायाधीशले ध्यानाकर्षण गराएका थिए ।