Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यून चापीय प्रणालीका कारण माैसममा सामान्य बदली


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ६ २०७७
  • 1.5K
    SHARES

काठमाडाैँ,  आज देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहेको र तराईका भूभागहरुमा हुस्सु तथा कुहिरो लागेको जनाइएको छ ।

यसैगरी, आज दिउँसोको मौसमबारे गरिएको पूर्वानुमानका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । यसपटक पानी पार्ने मौसमी प्रणालीको कमीका कारण हिउँदमा वर्षासँगै हिउँ पनि कम परेको छ ।

हरेक वर्षको हिउँदयाममा पश्चिमी वायुको प्रभावका कारण नेपालमा पानी पर्ने र हिमपात हुने गरेको थियो । तर यसपालि पश्चिमी वायुको प्रवेश भए पनि शक्तिशाली नहुँदा फाट्टफुट्ट मात्रै वर्षा भएको छ । पानी पर्ने गरी जलवाष्पयुक्त हावा प्रवेश नगर्दा राम्ररी हिमपात समेत हुन पाएको छैन । पानी नपर्दासम्म प्रदूषण झनै बढ्ने मौसमविद्ले बताउँदै आएका छन् । यस्तै, यो महिनाको मध्यसम्ममा पनि पानी नपरे हिउँदे बालीको उत्पादकत्वमा असर पर्ने कृषि विज्ञ बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४