Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदेशी पर्यटकलाई अन अराइभल भिसा दिन व्यवसायीको माग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ६ २०७७
  • 4K
    SHARES

काठमाडौं । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवद्र्धन गर्ने जिम्मा पाएको नेपाल पर्यटन बोर्डले सम्बद्ध संघसंस्थासँग बृहत छलफल गरी भिसा प्रक्रिया सहज बनाएर स्वास्थ्य मापदण्डलाई सरलीकरण गर्न तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेको हो ।

विद्यमान मापदण्डले नेपालको पर्यटन क्षेत्रको छवि अझ खस्किएको र अन्तर्राष्ट्रिय बजारमा पर्यटनको नकारात्मक सन्देश जानसक्ने खतरा औंल्याउँदै बोर्डले यथाशीघ्र केही शर्तहरु पुनरावलोकन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

व्यवसायीसँगको छलफल र सुझावपछि बोर्डले गरेको १२ बुँदे निर्णयमा हवाईमार्गबाट नेपाल भित्रिने यात्रुको हकमा हवाईयात्रा प्रारम्भ हुने पहिलो प्रस्थानविन्दुबाट ९६ घण्टाको अवधिमा गरिएको कोभिड–१९ नेगेटिभ रिपोर्ट अनिवार्य भएको हुनुपर्ने तर पाँच वर्षमुनिका बालबालिकाको हकमा यो नियम लागू नहुने व्यवस्था गर्न भनिएको छ ।

भारतीयबाहेक अन्य मुलुकका यात्रुले नेपाल आई पुनः कोभिडको परीक्षण गर्नुपर्ने र सो रिपोर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टिनमा बस्न नपर्ने, यात्रुको स्वाब संकलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने र २४ घण्टाभित्र पीसीआर रिपोर्ट दिने व्यवस्था मिलाइनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४