Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्जा बुझाउने म्याद थप्न गभर्नरसँग व्यवसायीको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ६ २०७७
  • 3K
    SHARES

काठमाडौं । कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसायको पुर्नउत्थानका लागि मौद्रिक नीतिमा घोषणा भएका राहत प्याकेज कार्यान्वयनमा समस्या भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएको छ ।

महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वको टोलीले हिजो गभर्नरसँग भेट गरी बैंक तथा वित्तीय संस्थाले नीति र कार्यविधिमा उल्लेख भए अनुसार सुविधा प्रदान गर्न आनाकानी गर्दा कोभिड प्रभावित उद्योगी थप मारमा परेको बताउनु भयो ।

राष्ट्र बैकको निर्देशन विपरित कतिपय बैक तथा वित्तीय संस्थाले पुस मसान्तको व्याजको विषयलाई लिएर कालोसूचीमा राखेकोे गुनासो व्यवसायीका थियो । कर्जा बुझाउने म्याद थपका लागि उनीहरुले गभर्नर समक्ष आग्रह पनि गरेका छन् ।

गभर्नर अधिकारीले उद्योग व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउन राष्ट्र बैक केन्द्रित रहेको भन्दै उपलब्ध पुर्नकर्जा लगायतका सुविधाका सम्बन्धमा महासंघसँग सहकार्य गरी सातै प्रदेशमा जनचेतना मूलक कार्यक्रम लैजाने जानकारी दिनु भयो ।

कोभिडका कारण थलिएको अर्थतन्त्र विस्तारै चलायमान बन्दै गएपनि अझै ४६ प्रतिशत उद्योग बन्द अवस्थामा रहेका छन् । मौद्रिक नीतिमार्फत स्थापना गरिएको ५० अर्ब बरावरको पुर्नकर्जा कोष बढाएर २ अर्ब पु¥याई कार्यविधि आइसकेपनि विभिन्न झमेलाका कारण पीडित व्यवासायीले सहज रुपमा प्राप्त गर्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४