Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘चुनावको तयारी भइसकेकाले केही गर्नुपरेन भन्न नपरोस् !’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 7.9K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको एक महिना भइसकेको छ ।

तर झण्डै एक महिनापछि विघटनकै विषयमा आइतबारदेखि बहस सुरु भएको छ । सोमबारसम्म जम्मा ६ जनाले बहस गरेका छन् । मुद्धाको पक्ष र विपक्षमा गरी १८८ जनाले बहसका लागि वकालतनामा बुझाएका छन् ।

सोमबारको बहसमा दिनमणि पोखरेलले मात्रै दुई घण्टा दश मिनेट समय लिए । विहानैदेखि बहस थालेका उनले खाजा समयपछि पनि निरन्तरता दिएपछि न्यायाधीश अनिलकुमार सिन्हाले प्रश्न गरे, ‘कति समय लिनुहुन्छ तपाईं ?’

उनले अघि भने, ‘अरुलाई पनि समय दिनुपर्ला । फेरि झारखण्डको जस्तो नहोस् । विघटन गलत हो भन्दाभन्दै, सुनुवाइ गर्दागर्दै चुनावको समय आइसक्ने र तयारी भइसकेको हुनाले अब केही गर्नुपरेन भन्नु नपरोस् । समय म्यानेज गर्नुहोला ।’

पोखरेलले ‘बहस त गर्नुप¥यो श्रीमान’ भन्दा न्यायाधीश सिन्हाले हामी रोक्दैनौं भन्ने जवाफ दिए ।

आइतबार बहस गरेका वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र अधिवक्ता सुनील पोखरेलले लामो समय लिएका थिए । सोमबार भने इजलासले समयबारे सचेत गराएको छ ।

आइतबार रिट निवेदनमाथि सुनुवाइ हुने क्रममा निवेदकका तर्फबाट बहसका लागि समय तोक्नुपर्ने विषय पनि उठेको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले यति महत्वपूर्ण विषयमा समय तोक्नुभन्दा बहस गर्नेहरुले विचार गर्नु उपयुक्त हुने जवाफ दिएका थिए ।

#सं‌सद विघटन सर्वोच्च अदालत

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४