Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोलुखुम्बुमा टिपर दुर्घटना : तीन जनाको मृत्यु, एक गम्भीर घाइते


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 2.6K
    SHARES

खोटाङ,/ सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका -११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव गित्ते भिरमा गएराति ११ बजे बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दाधिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका -४का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका -८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् ।

यस्तै मकवानपुर बाग्मती गाउँपालिकाकै २३ बर्षिय रमेश मगर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका मगरलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक कृष्णकुमार कट्वालले बताउनुभयो ।

दुर्घटना भएको टिपर दुधकोशी सोलुखोला -८६ मेघावाट जलविद्युत आयोजनाको निर्माण स्थलमा प्रयोग गरिदैँ आएको जनाईएको छ ।

टिपर सडकबाट अनियंत्रित भइ तीन सय मिटर तल खसेको जनाइएको छ । दुर्घटना परी मृत्यु भएकाको शव परिक्षण गर्नका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४