Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वको दोश्रो अग्लो हिमालमा पहिलो पाइला नेपालीले टेके, रचियाे विश्व इतिहास


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ४ २०७७
  • 3.9K
    SHARES

एजेन्सी । १० जना नेपालीको पर्वताराेही टीमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर उनीहरुले विश्व रेकर्ड बनाएका हुन् । टीमका एक सदस्य निर्मल पुर्जाका अनुसार उनीहरु पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए ।

उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । अघिल्लो साता मात्र स्पेनका एक पर्वतारोही हिमाल चढ्ने क्रममा गोडा चिप्लिएर लड्दा मृत्यु भएको थियो । याे हिमाल अहिलेसम्म कसैले पनि आराेहण गर्न सकेका छैनन् ।

केटु हिमाल सगरमाथा भन्दा २ सय मिटर कम उचाइको छ । यो काराकोरम पर्वत श्रृंखलामा पर्दछ । पाकिस्तान–चीनको सीमामा रहेको यो केटु हिमाल ८ हजार मिटर भन्दा बढीको १४ हिमालमध्ये एक हो ।

लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिएको थियो । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा केटु हिमाल चढ्ने कोसिस गरे पनि असफल भए र उनको मृत्यु भयो । सुरुमा नेपाली पर्वतारोहीको चारवटा टीम पर्वतारोहणका लागि निस्किएको थियो, जसमा ६० जना थिए ।

तर, अन्तिममा १० जनाले मात्र सफल आरोहण गरे । उनीहरुले केटु हिमाल चढेसँगै नेपालको नाममा ऐतिहासिक उपलब्धि दर्ता भएकाे छ ।

नेपाली शेर्पाहरु यस्ता खतरनाक हिमाल आरोहणमा संसारमै प्रसिद्ध छन् । संसारको उच्च शिखर सगरमाथा आरोहणको कीर्तिमान शेर्पा (तेन्जिङ नोर्गे शेर्पा) जातिमै रहेझै दोस्रो हिमाल आरोहणको कीर्तिमान पनि शेर्पा र नेपाली जातिकै नाममा रहन पुगेको हो ।

निर्मल पुर्जाले नेपाली टीमले विश्वकाे दाेस्राे शिखर केटुमा पहिलाे पाइला राखेकाे सफलता सामाजिक सञ्जालमा सेयर गर्नुभएकाे छ । उहाँले भन्नुभएको छ, ‘मानव जातिको इतिहासको हिस्सा भएकोमा हामीलाई गर्व छ । साथ मिलेर र एक सकारात्मक मानसिकताले सीमाहरुलाई पनि तोड्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’

पहिलो पटक सन् १९८७ देखि १९८८ मा केही पर्वतारोहीले केटु हिमाल आरोहण गर्ने कोसिस गरे पनि अहिलेसम्म कोही पनि ७ हजार ६ सय ५० मिटरभन्दा माथि जान सकेका थिएनन् ।

पर्वतारोही कामिरीता शेर्पाले नेपाली पर्वतारोहणको इतिहासमा यसले नयाँ आयाम थपेको बताउनुभयो । उहाँले १० नेपालीले आफ्नो बहादुरी र साहसले केटु हिमाल आरोहण गर्दै इतिहास रचेका छन् । कामिरीता २४ पटक सगरमाथा आरोहण गर्ने पर्वतारोही हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४