Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वेता भन्छिन्–‘परिवारको माया पाएर म घरकै संसारमा रमाइरहेकी छु’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ३ २०७७
  • 6.7K
    SHARES

नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउतले मंसिरको २२ गते बिहे गरे । ३ दिन लगाएर स्वेता र विजयेन्द्रले काठमाण्डौको गोकर्ण रिसोर्टमा बिहे गरेका थिए । उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीको उपस्थिती खासै थिएन ।

उनै, स्वेताले चलचित्रकर्मीका लागि बिहिबार काठमाण्डौमा पार्टीको आयोजना गरिन् । बिहे भोजमा नायिका खड्का र उनका श्रीमान् विजयेन्द्रले केक काटे । बिहे भोज कार्यक्रममा निकै नै खुशी देखिएकी स्वेताले आर्शिवाद दिने सबैलाई धन्यवाद दिएकी थिइन् । उनले भनिन्–‘हामीलाई आर्शिवाद र माया गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद । यहाँहरुले दिनुभएको आर्शिवादले उर्जा मिलेको छ । जिन्दगीमा अगाडि बढ्न हौसला मिलेको छ । मलाई मेरो परिवारले निकै माया पनि दिनुभएको थियो ।’

स्वेताले पार्टी धेरै भएको भन्ने प्रतिक्रिया पनि पाएको बताउँदै भनिन्–‘पक्कै पनि पार्टी धेरै त भयो । तर, मैले मेरो चलचित्र क्षेत्रका लागि पार्टी आयोजना गर्न पाएकी थिइनँ । म घरकै संसारमा रमाइरहेकी थिएँ । मलाई स्वेता भनेर चिनाउने चलचित्र क्षेत्रका लागि यो पार्टीको आयोजना गरेको हुँ । हामीलाई अझै पनि आर्शिवाद र मायाको खाँचो छ ।’

विजयेन्द्रले भने खासै धेरै बोलेनन् । उनले, माया र आर्शिवाद दिने सबैलाई धन्यवाद भने ।केही बर्ष प्रेम सम्बन्धमा रहेपछि नायिका स्वेता खड्काले विजयेन्द्रसँग बिहे गर्ने निर्णय गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४