Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारको असंबैधानिक कदमविरुद्ध कास्कीको विभिन्न ठाउँमा कांग्रेसको विरोध कार्यक्रम


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ३ २०७७
  • 11K
    SHARES

पोखरा,/ सरकारको असंबैधानिक कदमको बिरोध गर्दै नेपाली कांग्रेसले सबै स्थानीय तहमा आज कार्यक्रमको आयोजना गरेको छ । बिरोधको कार्यक्रम अनुरुप आज कास्कीको विभिन्न स्थानमा पनि कार्यक्रमहरु भएका छन् ।

कास्कीका ३ निर्वाचन क्षेत्रहरुमा र ४ गाउँपालिकामा पनि बिरोधका कार्यक्रमहरु भएका छन् । कार्यक्रममा सरकारको चर्को आलोचना गरिएको छ । कास्कीमा आज भएका विभिन्न बिरोध कार्यक्रमहरुमा स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

 

पोखराको चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा कास्की कांग्रेसका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो भने, अन्य स्थानमा पनि स्थानीय नेता तथा कार्यकर्ताले सरकारको कदमको बिरोध जनाएका थिए ।

चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा नेताहरु गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापा, देवराज चालिसे, पूर्व कानून मन्त्री यज्ञबहादुर थापा, सांसद कुमार खड्कालगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा प्रदेश सभा सदस्य बिन्दूकुमार थापाले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको र संबिधानको मर्म भन्दा बाहिर गएर संसद बिघटन गरेको भन्दै चर्को आलोचना गरे ।

जनचाहना बमोजिम सरकार चलाउन नसकेको वर्तमान सरकारबाट अब आशा गर्ने ठाउँ नरहेको र संविधान नै धरापमा पारेर ब्यवस्था माथी खेलवाड गरेको आरोप थापाले लगाएका छन् ।

त्यस्तै नेता देवराज चालिसेले पार्टीको अन्तरद्धन्दका कारण देशलाई अस्थिरता तर्फ धकेलिएको वर्तमान सरकार इतिहासमै असफल नेतृत्वका रुपमा परिचित भएको आरोप लगाए ।

सरकारको असंबैधानिक कदमको बिरोध गर्दै सांसद कुमार खड्काले कम्युनिष्ठ सरकार यो देशमै अफापसिद्ध भएको बताए । खड्काले राष्ट्रियताको सवालमा सरकार चुकेको भन्दै भारतको गोदी मिडियालाई प्रधानमन्त्रीले बोलाएर राष्ट्रियताको नाटक मञ्चन गरेको आरोप लगाएका थिए ।

प्रमको अन्तर्वार्ता लिएपछि हिमाल पुगेको भारतीय मिडियाको बिषयमा सरकार नबोल्नु सरकारको नैतिकता माथि प्रश्न उठेको खड्काले आरोप लगाए ।

र्यक्रममा कांग्रेसका सयौं नेता कार्यकर्ता तथा समर्थकहरु रहेका थिए । बिरोध जुलुससहित शुरु भएको कार्यक्रम चिप्लेढुङ्गामा गएर बिरोधसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४