Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ प्रमुख अधिकारीद्वारा माघी पर्वकाे शुभकामना


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १ २०७७
  • 4.6K
    SHARES

विराटनगर,/ प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश वासीहरुलई माघी पर्वको अवसरमा विज्ञप्ति मार्फत शुभकामना संदेश दिनु भएको छ ।

उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश भएकाले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा पहिचान भएकाले माघी पर्व पनि हाम्रो एक पहिचान हो र यसलाई नेपालीहरूको साझा पर्व रुपमा हेरीने बताउनु भयोे । प्रदेश प्रमुख अधिकारीले थारू समुदायको चाड माघी पर्व र मगर, छन्त्याल समुदाय लगायत अन्य समुदायहरूले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सद्भाव, सहिष्णुता, सु—स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

थारू, मगर तथा छन्त्याल समुदायले माघी पर्वलाई विशेषरूपमा मनाउने र थारू समुदायले नयाँ वर्षकै रूपमा यो पर्व मनाउने गरेको भए पनि शदियौँदेखि एकताबद्ध हुँदै अन्य समुदाय पनि यस पर्वमा सरिक भइ आपसमा सदभाव साटासाट गरेर मनाउने गरेका हुनाले समाजमा एकाताको संदेश दिएको उहाँको शंदेशमा उल्लेख छ ।

उहाँले आफ्नो संस्कृति र परम्पराअनुसार यस पर्वको अवसर पारेर समुदायका तँपाईहरू सबै एकापसमा भेटघाट गर्ने र आपसमा सामिप्यता गाँस्ने कुरामा सधैँ सफल रहने उल्लेख गर्नु भएको छ ।

प्रदेश प्रमुख अधिकारीले यो पर्वले सम्पूर्ण नेपालीहरू बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुताको बृद्धि विकास हुँदै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा थप उर्जा प्रदान होस भन्ने कामना गर्दै सबै नेपालीलाई मूलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त एकताबद्ध भएर अघि बढ्न माघी पर्व तथा माघे संक्रान्तिबाट सबैमा प्रेरणा मिलोस् भन्दै शुभकामना संदेश दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४