Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओलीको ‘सडकछाप’ पार्टीमा को–को जान्छन्, हेर्नुछ : माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २९ २०७७
  • 4.3K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले ओली समूहको पार्टीलाई ‘सडकछाप’को संज्ञा दिएका छन् ।

बुधबार प्रज्ञाभवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओली समूह कम्युनिस्ट सोंच र संस्कृति नभएको ‘सडकछाप’ पार्टी भएको आरोप लगाए ।

‘डमरू बजाउँदै, टिकट बाँड्दै हुनुहुन्छ । केन्द्रीय सदस्य बनाउँदै हुनुहुन्छ,’ नेपालले भने, ‘सुन्दैछु, २५०० केन्द्रीय सदस्य पुग्यो, कम्तीमा पनि त्यो पाँच हजार पुग्छ ।’ तर, ओलीलाई छोड्नेहरुको संख्या बढ्दै गएको उनले बताए । ‘अब त्यो पार्टी पौवा, सडक पनि होइन, धुलोमा परिणत हुँदैछ’, उनले भने ।

अहिले ओली समूहमा ११८ जना केन्द्रीय सदस्य रहेको बताए । पार्टी एकता हुँदाका ४४१ मध्ये अहिले ओलीतिर उभिएकाहरुको संख्या लगातार घटिरहेको नेपालले दाबी गरे । ‘जम्मा संख्या ११८ जना छन् । अब १०८, अनि ९८ पुग्न बेर छैन’, उनको भनाइ थियो ।

लोभलालचमा परेर ओलीतिर गएकाहरु अराजनीतिक, दास र सामन्ती चिन्तन देखिएको उनले बताए । ओलीलाई उनी भन्दा उमेरले जेठो स्थायी कमिटी सदस्यले पनि खुट्टामा ढोक्ने गरेको प्रसंग नेपालले सुनाए ।

ओली कम्युनिस्ट नै भएको वामदेव गौतमको भनाइ उदृत गर्दै नेपालले भने, ‘वामदेव गौतम अहिले के भन्नुहुन्छ ? सोध्न चाहन्छु ।’ वामदेव गौतम अहिले पनि ओली सुधार्छु भन्दै लागेको, तर सफल नहुने बताए । सरकारमा गएपछि विनम्र हुनुपर्नेमा ओलीमा अहंकार र निरङ्कुशता देखिएको नेपालले बताए ।

ओली एकदिन निरीह भएको देख्न सकिने नेपालको भनाइ थियो । ‘केपी ओलीका कदमका विरुद्धमा, संविधान माथिको घातको विरुद्धमा सबै एकातिर उभिएका छन् । उहाँ सबै हिसाबले एक्लिनुभएको छ । प्रायः तानाशाहहरु यसरी नै एक्लिन्छन् । अन्तिममा निरीह बन्छन् । केपी ओली निरीह भएको पाउनुहुन्छ’, नेपालले भने ।

अहिलेको लडाइँ संविधान जोगाउने र लोकतन्त्रलाई रक्षा गर्नु रहेको उनले बताए । पूरा सम्बोधनभर ओली विरुद्ध खनिएका नेपालले भने, ‘केपी ओलीलाई देशको संविधान र पार्टीको विधानसँग कुनै मतलब छैन । मै हुँ भन्ने अहंकार छ । आएम द स्टेट ।’

ओलीको अहंकारको नाङ्गो रुपबारे नेपालले संक्षिप्त कथा सुनाए– ‘एउटा राजा नांगै हिँडेछ । कसैले नांगो भन्न सक्दैन । सत्य भन्यो भने मारिहाल्छ । राजा बाहिर निस्केछ । मान्छेहरु खासखुस मात्रै गर्छन् । तर, एउटा साँचो कुरा बोल्ने अवोध बालकले भनेछन्, राजा नांगै छन् । त्यसपछि सबैले राजा नांगै छन् भने । केपी ओली पनि एकदिन त्यसरी नै नांगै हुनेछन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४