Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जी न्यूजलाई माफी माग्न अनेरास्ववियूको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २९ २०७७
  • 4.3K
    SHARES

काठमाडौं । अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने व्यक्ति र संस्थाहरुसँग रहस्यमय र अपारदर्शी भेटघाट नगर्न आग्रह गरेको छ ।

हालै प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर अन्तरवार्ता दिएका जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्दै रिपोर्ट प्रसारण गरेको सन्दर्भमा अनेरास्ववियूले सो आग्रह गरेको हो ।

अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपाली अस्मिता र स्वाभिमानमाथि धावा बोल्दै सगरमाथामाथि अत्यन्तै आधारहीन, रहस्यमय र कपोकल्पित ढंगले पेश गरिएको दावीलाई अनेरास्ववियू खारेज गर्दछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुपमा विषबमन गर्दै आएको जी न्युजले आफ्ना कर्तुत उपर कुनै प्रायश्चित नगर्दै प्रधानमन्त्री स्तरबाटै बालुवाटारको पटाङ्गिनीमा त्यसका प्रधान सम्पादकलाई नै रातो कार्पेट बिछ्याएर स्वागत गरिएको परिघटनाले हामीलाई थप आशंकित र आक्रोशित तुल्याएको छ ।’

‘संविधान लत्याएर प्रतिगमनको बाटोमा हिँडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र साँठगाँठ नगर्न चेतावनी दिन चाहन्छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रधानमन्त्री ओलीलाई चौधरीसँगको भेटबारे तत्काल जनतालाई स्पष्ट पार्न, आइन्दा त्यस्ता कूटनीतिक मर्यादा विपरीतका भेटघाट नगर्न र यसअघि गरेको कूटनीतिक मर्यादा विपरीतका भेटघाटबारे जनता समक्ष अविलम्ब माफी माग्न पनि अनेरास्ववियूले माग गरेको छ ।

अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङले सगरमाथाको भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न पनि जी न्यूजलाई आग्रह गरेका छन् ।

‘सगरमाथा सदैव नेपाल र नेपाली जनताको शीर, शान र पहिचान हो र रहिरहनेछ । देशको पहिचान माथिको गिद्धेदृष्टि हामीलाई अस्वीकार्य छ,’ तामाङले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हामी चौधरी र उनको संचारसंस्थालाई यस खालको भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न आग्रह गर्दछौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४