उनले अघि भने, ‘अनि उहाँले अहिले पार्टी विभाजन र संसद भंग भारतले भनेर गरेको सारा जनताले देखे बुझे । तपाईं यसलाई के भन्नुहुन्छ केपीजी । मैले भारतलाई अन्यथा भन्न खोजको होइन, तर केपीजीको त देखियो नि त । उहाँले कसलाई विशेष दूत भन्नुभयो, गुफ्तगु गर्नुभयो तीन घण्टा बालुवटारभित्रै ।’
उनले प्रधानमन्त्रीको हालै भारतीय च्यानल द जी न्यूजमा प्रशारित अन्तर्वार्ता पनि नाटक भएको बताए । प्रचण्डले भनेका छन्, ‘त्यो नाटक हो भन्ने पटाक्षेप आज भइसक्यो । सगरमाथाको नाम फेर्ने र त्यही जीन्यूजले ।’
मैले भारतलाई केही भन्न खोजेको होइन, तर केपी जीको त देखियो नि । उहाँले कस्तोलाई विशेष दुत भन्नुभयो, बोलाउनुभयो, गुफ्त गु गर्नुभयो तीन तीन घण्टा बालुवाटारभित्र एक्लै । हाम्रै प्रधानमन्त्रीले अपारदर्शी तरिका अपनाएको त हेरेकै छन् नि त नेपाली जनताले आफ्नो आखाँले ।
