Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीलाई प्रचण्ड–माधवको प्रस्ताव : गल्ती स्वीकार्नुस्, क्याबिनेटबाट प्रस्ताव पास गर्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २९ २०७७
  • 7.6K
    SHARES

पोखरा । नेकपा प्रचण्ड–माधव समूहले गल्ती स्वीकार गर्न र प्रतिनिधिसभा विघटनको निर्णय सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । नभए ओलीको पतन अवश्यमभावी भएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । दुबै समूह आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

मंगलबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रम गरेको प्रचण्ड माधव समूहका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको चर्को आलोचना मात्र गरेनन्, अझै सच्चिने अवसर रहेको बताए ।

‘अहिले पनि सच्चिनुस्, गल्ती स्वीकार गर्नुस्,’ यो समूहका अध्यक्षद्धय मध्येका एक माधवकुमार नेपालले भने, । संसद विघटन गर्ने निर्णय बेठिक भयो भन्नुस्, क्याबिनेटबाट एउटा प्रस्ताव पास गर्न सक्नुहुन्छ । संवैधानिक महत्व नभएपनि राजनीतिक महत्व हुन्छ । त्यसकै निम्ति वामदेव कमरेड लाग्नुभएको छ ।’

नेकपा ओली र प्रचण्ड–माधव दुई खेमामा विभाजित हुँदा गौतम कतै लागेका छैनन् । उनले शनिबार मात्र नेकपा एकता अभियान घोषणा गरेका छन् ।

तर ओली भाँच्चिन तयार हुने, सच्चिन तयार नहुने मान्छे भएकाले संसद विघटन गर्नु गलत भयो भनेर स्वीकार गरेर आउने सम्भावना कम रहेको अध्यक्ष नेपालले बताए । ‘मैले वामदेवलाई भनेको छु, बालुवा पेलेर तेल आउने बेला छैन’ उनले भने ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सच्चिन तयार नभए ओलीको पतन अनिवार्य भएको बताए । संसद विघटन गरेर ओलीले कलंकको टीका लगाएको भन्दै उनले भने, इतिहासमा कलंकको टीका लगाइसक्नु भयो । अब पुछिँदैन ।’

७० प्रतिशत केन्द्रीय समिति आफूसँग रहेको र निर्वाचन आयोगमा पुगेर छलफल गर्दा आफूहरुको विजय निश्चित देखेको प्रचण्डले सुनाए । ‘बिगतको नजीर र अहिलेको अवस्थाबारे सविस्तार कुरा राखेपछि के विश्वास भएको छ भने नेकपा र सूर्य चिह्न हाम्रै हुन्छ । लेखेर राख्न सक्नुहुन्छ’ उनले भने ।

पार्टीको नाम र सूर्य चिह्न दुनियाँको कुनै पनि तागतले आफूहरुबाट खोस्न नसक्ने प्रचण्डले बताए । ‘कसैले खोस्यो भने आँधी हुरी बतास आउँछ नेपालमा, त्यो आँधी हुरी बतासलाई कसैले रोक्न सक्दैन,’ उनले चेतावनी दिँदै भनेका छन् ।

प्रधानमन्त्रीले अदालतलाई पनि दबाब दिने काम गरिरहेको भन्दै उनले आपत्ति जनाए । ‘निर्वाचन आयोग, सर्वोच्च अदालत र जनताको अदालतको एउटै फैसला आउँछ, संसद पुनस्र्थापना र हामीलाई नेपाल कम्युनिस्ट पार्टीको मान्यता,’ उनले भने, ‘त्यसका लागि बढीमा १÷२ महिना हामीले मिहिनेत गर्नुपर्छ ।’
अध्यक्ष नेपालले पनि आफ्नै पहलमा निर्वाचन आयोगबाट सूर्य चिह्न प्राप्त गरेको भन्दै त्यहाँ आँखा नलगाउन आग्रह गरे । ‘सूर्य चिह्न कसैले खोस्न सक्दैन, अब उहाँले अस्ताउँदो सूर्य लिनुहुन्छ भने हाम्रो भन्नु केही पनि छैन,’ उनले भने ।

जनयुद्ध कुहिएको फर्सी नै हो त ?

प्रचण्ड ओलीतिर लागेका पूर्व माओवादीका सहकर्मीलाई देख्दा आफूलाई लाज लागेको टिप्पणी गरेका छन् ।

ओलीले जनयुद्धलाई कुहेको फर्सी भन्दा कुरा कसरी सुन्न सकेको होला भन्दै उनले भने, ‘ती साथीहरु जो प्रतिक्रान्तिको साक्षी भएर बस्नुभएको छ । उहाँहरुको पनि त्यही भनाइ हो ? के जनयुद्ध साच्च्किै कुहिएको फर्सी हो त ?’

एकअर्काको प्रशंसा, ओलीको आलोचना

११ जिल्लाका अगुवा कार्यकर्ता भेलामा प्रचण्डले अर्का अध्यक्ष माधवकुमार नेपालको प्रशंसा गरेका छन् । उनी, ओलीभन्दा हजार गुणा इमान्दार भएको प्रचण्डले बताए ।

यसअघि अध्यक्ष नेपालले सार्वजनिक कार्यक्रममा ओलीसँग तुलना गर्दै प्रचण्ड फार बेटर भनेका थिए । मंगलबार नेता नेपालले ओली पार्र्टीको नभई गुटको मात्र नेता भएको र आफुजस्तो नहुने मान्छेलाई सधैं पाखा लगाउने गरेको बताए ।

प्रचण्डले भने प्रधानमन्त्री बन्नकै लागि राजनीतिक, वैचारिक बेइमानीको योभन्दा अर्को उदाहरण अहिलेसम्म नेपालको कम्युनिस्ट आन्दोलनमा नदेखेको बताए ।

अर्का अध्यक्ष नेपालले केपी ओली कम्युनिस्ट नै नभएको बताए । ओलीलाई आफूले ४९÷५० वर्षदेखि जान्दै आएको भन्दै नेता नेपालले उनमा कम्युनिस्ट संस्कार नै नभएको बताए । ओलीमा सामान्ती संस्कार रहेको र त्यही संस्कार हनुमान र आसेपासेमा हुर्काइरहेको नेपालको आरोप थियो । ‘उहाँ रगतको जाँच गर्नुहुन्छ, खकार जाँच गर्नुहुन्छ । भएन भने डिएनए जाँच गर्नुहुन्छ । र, आफूलाई मत दिएको छैन भने किनारा लगाइदिनुहुन्छ’, नेपालले भने ।

नेता नारायणकाजी श्रेष्ठले ओली बाले सबै सेटिङ मिलाउनु भएको छ, सबै हाम्रो पक्षमा हुन्छ भनेर प्रचार गरिरहेको भन्दै सचेत हुन आदालतलाई आग्रह गरे । संसद विघटन असंवैधानिक हो भन्ने सबैलाई थाहा भएको भन्दै उनले भने, ‘सर्वोच्च अदालतले संविधानसम्वत फैसला गर्छ भन्नेमा विश्वस्त छौं ।’

प्रचण्ड–माधव समूहका गण्डकी प्रदेश ईन्चार्ज देवेन्द्र पौडेलले दुई वर्षमा सबैभन्दा शक्तिशाली पार्टी बनाउने दाबी गरे । संविधान र केन्द्रीय समितिलाई धोका दिने ओलीलाई जनताबाट जवाफ दिनुको विकल्प नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४