Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मसँग कानुनी बाटोको विकल्प नै थिएनँः प्रमोद खरेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 3.6K
    SHARES

डिप्रेशनमै पुग्ने अवस्था आएपछि कानुनको बाटो रोजेँ’

गायक प्रमोद खरेल र विन्धवासिनी म्यूजिक प्रा.लिको गीतसंगीतको विवाद अब अदालतसम्म पुगेको छ । गायक खरेलले दिएको प्रतिलिपी अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले कम्पनीकी संचालिका लिना शर्मा रेग्मीलाई सोमबार पक्राउ गरेको छ ।

विगत केही महिनादेखि प्रमोद र विन्धवासिनी म्यूजिकको विवाद सामाजिक संजाल र मिडियामा देखिएको थियो । गायक प्रमोद खरेलले वि.सं २०६७ सालमा सार्वजनिक गरेको आफ्नो तेश्रो गीत संग्रह ‘प्रणय’को विक्री वितरण तथा प्रकाशनका लागि विन्धवासिनी म्यूजिकलाई ५ बर्षका लागि अधिकार दिएको बताएका छन् । जसवापत, आफूले १ लाख १० हजार लिएको, भिडियो निर्माणमा कम्पनीले १ लाख दिने र २ लाख बराबरको प्रमोशन कम्पनीले गर्ने सहमती भएको प्रमोदले उल्लेख गरेका छन् । ४ लाख १० हजार आफूले पाउने रोयल्टी र आम्दानीबाट असुल गरेर कम्पनी सुरक्षित भएपछि मात्र आफू आम्दानीको हिस्सेदार बन्ने सहमती पनि प्रमोदले गरेका थिए ।

कम्पनीसँग गरेको ५ बर्षको संझौता सकिएपछि आफूले एल्बम फिर्ता मागेको तर कम्पनीका संचालक सुवास रेग्मीले एल्बम फिर्ता दिनुको साटो उल्टै आफूलाई सामाजिक संजालबाट बदनाम गराउन थालेको भन्दै प्रमोदले विगत ४ महिनादेखि आफूले निकै नै कष्टकर समय बिताएको बताए ।

प्रमोदले भने–‘मसँग २ वटा मात्र विकल्प बाँकी थिए । कि त मैले आफ्ना बारेमा भएको मानहानी, गाली गलौच र दुव्र्यवहार सहेर डिप्रेशनको शिकार हुनुपथ्र्यो । कि मुद्दा मामिलामा जानुपथ्र्यो । ४ महिनासम्म मैले अदालतसम्म जानु हुदैन भनेर सहेर नै बसेको थिएँ । तर, सुवास रेग्मीले मेरा विरुद्धमा झुटा प्रचार गर्ने र मलाई हतोत्साही गर्न थालेपछि अदालतसम्म पुग्नुको विकल्प मसँग थिएनँ ।’

गायक खरेलले आफूले ४ महिना निकै नै गाह्रो समय बिताएको भन्दै अब अदालतको फैसला पर्खिएर बसेको बताएका छन् ।

यो बिषय अदालतसम्म पुग्नुपर्ने बिषय किन बन्यो त, प्रमोद भन्छन्–‘एकतर्फी रुपमा गालीगलौच गर्ने, विचका मानिसहरुले मिल्ने कुरा गर्दा पनि मिल्न नखोज्ने, मेरो मानहानी गरेपछि म त डिप्रेशनमै पुगिसकेको थिएँ । कुनै नयाँ कलाकार भएको भए कि त डिप्रेश भएर बस्थ्यो कि त यो क्षेत्र नै छाडेर हिडिसक्थ्यो ।’

प्रमोदले भने–‘म करार भन्दा बाहिर जान सक्दिनँ । हामीविच ५ बर्षको मात्र करार भएको थियो, त्यो सकिएपछि एल्बम मेरो नै हुन्छ । अब उहाँले त गायकले गीत नै गाउन नपाउने भन्ने जस्ता कुरा उचालेर हिड्नुभएको छ । मेरो करिअर नै समाप्त गरेर हिड्छु भनेर हिड्नुभएको छ, यो म मानहानीको मुद्दामा पेश गर्छु ।’

सामाजिक संजालमा कसैलाई गाली गर्न नपाइने भन्दै प्रमोदले यसका लागि कानुनी बाटो हुँदाहुँदै मानिसलाई ह्यारेसमेन्ट गर्ने काम भएको बताए । उनले भने–‘मलाई त मुद्दामा रुची नै थिएनँ । उहाँहरु मुद्दामा जाँदा मलाई दुःख लागेको छ । तर, मलाई बारम्बार टर्चर दिएपछि मसँग विकल्प रहेनँ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४