Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इस्टइन्डिया कम्पनीसँगको युद्धमा विजय प्राप्त ऐतिहासिक स्थल ‘पर्सागढी’ ओझेलमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 6.3K
    SHARES

वीरगन्ज, /  वि.सं. १८७१ मा इस्टइन्डिया कम्पनीसँग भएको युद्धमा नेपाल विजयी भएको ऐतिहासिक स्थल पर्सागढी अहिले ओझेलमा परेको छ । पर्साको सदरमुकाम वीरगन्ज भन्दा २२ किलोमिटर पश्चिममा रहेको गढीको नामले पर्सा जिल्लाको नामाकरण गरिएको स्थानीयहरुको दाबी छ । तत्कालीन महाराजधिराज गिर्वाणयुद्ध वीर विक्रम शाहको शासनकालमा १८७१ चैत ८ मा भीमसेन थापा, यदय गिरी, समशेर शाम, रणध्वज थापा र दलभन्जन पाण्डे मार्फत जारी भएको लालमोहरले यस गढीको ऐतिहासिक, पुरातात्विक महत्व पुष्टि गरेको थियो ।

तत्कालीन युद्धमा स्थानीय रञ्जित चौधरीको उल्लेखनीय योगदान रहेको लालमोहरमा उल्लेख छ । त्यति बेला इस्टइन्डिया कम्पनी (ब्रिटिस सरकार) ले नेपालका ५ वटा नाकाबाट आक्रमण गरेको थियो । जसमध्ये २ नाकामा ब्रिटिस तथा ३ नाकामा नेपाली सेना विजयी भएको थियो । विजयी गढीमध्येको पर्सागढी पनि एक हो । युद्धस्थलमा रञ्जित चौधरीको कुल देवता बन्हर बाबाको मन्दिर र महिसासुर मन्दिर छ । स्थानीयका अनुसार बदलिँदो राजनीतिक परिवेशमा अन्तराष्ट्रिय युद्धका विजयी योद्धाको गाथालाई इतिहासका पन्नामा सीमित पार्दै पर्सागढीको महत्वलाई बेवास्ता गरिएको छ ।

विजयी स्थल छेउ नजिकै करिब २-३ विगहा क्षेत्रमा फैलिएको माटोको ढिस्को सहितको खाली जग्गा छ । जहाँ नेपाली फौजले ब्रिटिस फौजलाई मारेर गाडेका थिए, त्यसको अवशेषहरु अहिलेसम्म बेला बखत फेला पर्ने गरेको छ । स्थानीयहरुले तत्कालीन कमाण्डर रन्जित चौधरीले युद्धमा प्रयोग गरेको हतियारको अवशेष समेत सुरक्षित राखेका छन् भने ब्रिटिस सेनाहरुले प्रयोग गरेको तोपको गोलाको अवशेष स्थानीयसँग सुरक्षित रहेको छ ।

तत्कालीन युद्धमा उल्लेख्य योगदान पुर्याएका स्थानीय रन्जित चौधरीले थारु समुदाय सहित नेपाली फौजको कमाण्डरको रुपमा उतरदायित्व निर्वाह गरेर विजयी हासिल गरेपछि तत्काली राजाले उनीलाई २ वटा गाउँमा शासन गर्ने अधिकार समेत दिएको लालमोहरमा उल्लेख छ ।

प्रत्येक साल बडा दसैंको नवमीदेखि मालपोत र जिल्ला प्रशासन कार्यालयबाट पर्सागढीमा बलिदिने परम्परा रहिआएको छ । यहाँ नवमीका दिन मेला पनि लाग्ने गरेको छ । ऐतिहासिक युद्ध २ सय वर्ष पूरा भएको सन्दर्भमा ०७२ सालमा पर्सागढी महोत्सवको आयोजना भएको थियो भने यस वर्ष पुस १९ गते २०६ औं विजयोत्सव भव्य रुपमा मनाइएको थियो । पर्सागढी नगरपालिका – ६ को बागेश्वरी तित्रौनाबाट गढीसम्म जानेबाटो कच्ची छ । खोलामा पुल छैन, सडक स्तरोन्नति गरी ग्राभेल हाल्ने योजना छ तर हुन सकेको छैन । संरक्षण र प्रवद्र्धनका लागि खोलामा पुल निर्माण आवश्यक छ ।

पर्साको मात्र नभई नेपालकै ऐतिहासिक गौरवका रूपमा रहेको यो गढी सरकारी उपेक्षामा पनि परेको छ । नगरपालिकाले पनि गढीको संरक्षण र प्रवर्द्धनका लागि कुनै चासो लिएको छैन । विगतमा समुदायबीचको मनमुटावले पनि यो ऐतिहासिक युद्धस्थल ओझेलमा परेको हो ।

स्थानीयहरुको अनुसार मन्त्री तथा सांसदहरू पटक–पटक गढीमा पुगी विजयी ऐतिहासिक र पौराणिक मान्यतालाई चिनाउँदै पर्यापर्यटनसँग जोड्ने प्रतिबद्धता जनाउँदै आए पनि कसैले प्रतिबद्धता पूरा गरेका छैनन् । कतिपटक भौतिक पूर्वाधार निर्माणको लागि पैसा आएपनि निर्माण कार्य हुन नसकेपछि पैसा फिर्ता गएको छ ।

तत्कालीन पर्साबाट सांसदमा विजयी अजय चौरसियाले पनि त्यस स्थलमा धर्मशाला निर्माणको लागि ३ लाख रकम छुट्याएतापनि त्यो धर्मशाला जगमै सीमित छ । आफ्नै समुदायबीच त्यस स्थललाई विकास गर्न विवाद छ । त्यस विषयलाई लिएर समुदायबीच दुई पक्ष छ । एउटाले निर्माण कार्य गर्न सघाउँछ त अर्को पक्षले अवरोध पु¥याउँछ । जसले गर्दा विकास निर्माणका कार्य हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४