Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अस्ट्रेलियामा बढ्दै नेपालको राजावादी रुझान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 6.5K
    SHARES

सिड्नी / अस्ट्रेलियाका नेपालीहरुमा राजावादी रुझान सुरु भएको छ । विगत केही वर्ष अघिदेखि पुस २७ मा यहाँ नेपाल एकीकरण गर्ने राजा पृथ्वी नारायण शाहको जन्म दिन मनाउन थालिएको छ ।

यो वर्ष सोमबार सिड्नीको नेपाली बाहुल्य बस्ती अबर्नमा विशेष कार्यक्रम राखिएको छ । उक्त कार्यक्रमको संयोजन तथा प्रचारप्रसार नेपालको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका अस्ट्रेलिया स्थित विश्वास पात्र अजय राजवंशी तथा पत्रकार मदनमणि अधिकारीले गरिरहेका छन् ।

अजय राजवंशी गैरआवासीय नेपाली अभियानका युवा हुन । उनी अघिल्लो कार्यकालमा एनआरएन अस्ट्रेलियाको राष्ट्रिय कार्यसमिति सदस्यसमेत थिए । उनले एक वर्षअघि मेल्बर्नमा नेपालका पञ्च नेता कमल थापाको पार्टी निकट संगठन घोषणा गरी अध्यक्ष बनेका थिए ।

उनी भन्छन – अस्ट्रेलियामा रानीका नाममा भएको भिक्टोरिया राज्यमा नेपालको भुतपूर्व राजसंस्थाप्रति आस्था रहेको जनाउ दिएका हौं ।

त्यस्तै अस्ट्रेलियाको अर्को ठूलो सहर मेलबर्नमा पनि नेपालका अर्का पञ्च नेता केशरबहादुर बिस्टको अभियानलाई सहयोग गर्ने संगठन बनेको छ । त्यसको नेतृत्वो व्यवसायी विभूषण जोशीले गरेका छन । उनले पनि पुस २७ गते मेल्बर्नमा विशेष कार्यक्रम गर्ने बताएका छन् ।

शनिबार नै सिड्नीमा पूर्वराजा ज्ञानेन्द्रकी बुहारी हिमानी शाहको नाममा बनेको परोपकारी कोषको अस्ट्रेलिया शाखा घोषणा गरिएको छ । जसको नेतृत्व सिड्नीमा क्रियाशील एनआरएन कार्यकर्ता अन्जना बस्नेत कार्की र नेपालमा कुनैबेला डा बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ती पार्टीका प्रशान्त क्षेत्रीय नेता समिम अनबरले गरेका छन् ।

हिमानी कोष अस्ट्रेलियाको घोषणा कार्यक्रमलाई नेपालबाट हिमानी शाहले भिडियो सन्देश पठाएर शुभकामना दिएकी थिइन् ।

विरोधी पनि उत्तिकै छन

अस्ट्रेलियाको नेपाली समुदायमा राजावादी रुझान बढ्दै गर्दा त्यसको विरोध पनि उत्तिकै भैरहेको छ । अनौठो कुरा हालसम्म अस्ट्रेलियामा भएका नेपालका कुनै पनि ठूला राजनीतिक पार्टीका समर्थकहरुले कुनै कडा आलोचना गरेका छैनन् ।

अस्ट्रेलियामा नेपालका सत्तासीन कम्युनिस्ट तथा प्रतिपक्षी कांग्रेस जस्ता ठूला गणतन्त्रवादी पार्टीका समर्थक संगठनहरु बनेका छन् । तर उनीहरु अस्ट्रेलियामा नेपालको राजावादी रुझान बढेकोमा केही बोलेका छैनन् ।

अस्ट्रेलियामा बसोबास गर्ने नेपालका आदिवासी जनजाति अगुवाहरुले भने पृथ्वी जयन्ती चर्को विरोध गरेका छन् । उनीहरुले फरक पोस्टर निर्माण गरेर पृथ्वी नारायण शाहलाई जनजातिमाथि दमन गर्ने शासकका रुपमा चित्रित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४