Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निद्रा एक ओखती


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 7.1K
    SHARES

स्वस्थ्य जीवनका लागि खानपान र व्यायाम जति आवश्यक छ, उत्तिनै निन्द्रा पनि । भनिन्छ, स्वास्थ्य जीवनका लागि दैनिक ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ । बच्चाहरुले भने उमेर अनुसार यो भन्दा बढी समय निदाउनु पर्छ । वयस्कले कम्तीमा ८ घण्टा निदाउनै पर्छ ।

निद्रा गहिरो हुनुपर्छ । गहिरो निन्द्रा पाउन मानसिक र शारीरिक रुपमा तन्दुरुस्त हुनुपर्छ । सुत्ने ओछ्यान, वातावरण, पोजिसन आदिले पनि हाम्रो निन्द्रलाई प्रभावित तुल्याउन सक्छ ।

राम्रो निन्द्राका लागि सुत्नुअघि हल्का व्यायाम, प्राणायाम लाभदायक हुने बताइन्छ । गहिरो सास लिने र छाड्ने प्रक्रियाले पनि निकै फाइदा गर्छ ।

वास्तु विज्ञान अनुसार पूर्व वा उत्तर दिशातर्फ शिर राखेर सुत्नु राम्रो हो । सुताईको पोजिसन र पृथ्वीको चुम्बकिय प्रभावले पनि हाम्रो स्वास्थ्यलाई असर गर्छ । सुत्दा धेरै अग्लो सिरानी राख्न हुँदैन । बायाँतर्फ ढल्किएर सुत्नु स्वास्थ्यका लागि राम्रो हो । हुन त रातभर हामी एउटै पोजिसनमा सुत्दैनौ । यद्यपी सुत्नका लागि जब ओछ्यानमा पल्टन्छौ, तब बायाँतर्फ ढल्किएर सुत्नुपर्छ । किन त ?

यसरी सुत्दा पेट र अन्नाशयमा भोजन पचाउन सजिलो हुन्छ । यो पोजिसनमा सुत्दा अन्नाशयले खाना पचाउनका लागि इन्जाइम ठिक ढंगले निकाल्छ । त्यसले राती खाएको खाना पचाउँछ । जसलाई अपचको समस्या छ, पेटमा गडबडी छ, उनीहरुले बायाँतर्फ ढल्किएर सुत्नुपर्छ । कलेजोको काम बाइल जुस निकाल्नु हो, जसले गल ब्लडरमा पाचन क्रिया राम्ररी हुन पाउँछ । बायाँतर्फ ढल्किएर सुत्दा यो क्रिया ठिक डंगले हुन्छ । यसले गर्दा बोसो राम्ररी पच्छ । कलेजोमा बोसो जम्न पाउँदैन ।

बायाँतर्फ ढल्किएर सुत्दा छोटो र लामो आन्द्रालाई पनि आरम मिल्छ । यसले कब्जियतको समस्या आउन दिदैन । बिहान दिसा गरेपछि पेट सफा हुन्छ । बायाँतर्फ ढल्किएर सुत्दा शरीरमा जम्मा भएको टक्सिन एवं बिकार बिस्तारै बाहिर निस्कन्छ । बायाँतर्फ ढल्किदा कलेजो र पाचन प्रणालीमा असर पुग्दैन, भोजन राम्ररी पच्छ । जब खानेकुरा राम्ररी पच्छ, धेरै रोग लाग्न पाउँदैन । वायाँतर्फ ढल्किएर सुत्दा मुटुमा दबाव पर्दैन । किनभने यतिबेला मुटुबाट रगतको आपूर्ति धेरै मात्रामा भइरहेको हुन्छ । जब मुटु स्वस्थ्य हुन्छ, रगत र अक्सिनको आपूर्ति सजिलै हुन्छ । यसले शरीर स्वस्थ्य हुन्छ ।

यसरी सुत्दा शरीरको बिकारयुक्त पदार्थ कलेजो र मृगौलाद्वारा बाहिर निस्कन्छ । त्यसैले सुतेको बेला यसलाई धेरै दबाव हुनु हुँदैन । बायाँतर्फ ढल्किएर सुत्दा पेट सहि हुन्छ, थकान हट्छ, पेट फुल्दैन र शरीरका अन्य समस्या पनि हट्छ । दाहिनेतर्फ फर्केर सुत्दा भने शरीरलाई असर पुग्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४