Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशी टप्पु आरक्षका जनावरको अस्तित्व संकटमा, बढ्दै सुरक्षा चुनौती !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 2.9K
    SHARES

इनरुवा,/  कोशी टप्पु वन्यजन्तु आरक्षका जनावर जोगाउन सुरक्षा चुनौती थपिएको छ । जसका कारण जनावरको अस्तित्व नै संकटमा पर्ने सम्भावना बढ्दै गएकाे छ ।

संरक्षित क्षेत्र मानिएको कोशी टप्पुमा रहेका हात्ती र अर्ना जस्ता जनावर जोगाउन आरक्षको कार्यालय समेतले कठिनाईको महसुस गर्न थालेको छ ।  पछिल्ल्लो समय जीउधन र अन्नबाली जोगाउन भन्दै घर–खेत वरपर करेण्ट लगाई पासो थाप्ने क्रम बढेसँगै जंगली जनावरलाई जोगाउन समस्या पर्ने देखिएको कार्यालयको ठहर छ ।

झण्डै दुई महिनाको अवधिमा आरक्ष भित्र बस्दै आएका दुईवटा हात्ती करेण्ट लागेका मरेका छन् । बिजुलीको पोलमा ठोकिदा चुडिएको तारबाट करेण्ट प्रवाह हुँदा ५० दिन अघि ठुलो दाह्रे हात्ती मरेको थियो । शनिवार विहान मात्रै पूनः अर्को हात्ती करेण्टकै कारण मरेको छ ।
सप्तरी खण्डमा गहुँ बारीमा लगाइएको करेण्टमा परी सानो दाह्रे भनिने हात्ती मरेपछि कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय जंगली जनावरको अस्तित्व खतरामा रहेको निष्कर्श नजिक पुगेको छ ।

आरक्षले असुरक्षित तवरले करेण्ट प्रवाह गर्ने क्रम बढेको भन्दै त्यस्तो कार्यले जनावरको अस्थित्वनै संकटमा पार्ने अवस्था निम्तने तर्फ सरोकारवाला सचेत हुन आवश्यक भएको जनाएको छ ।

आरक्षको कार्यालयले जंगली जनावर जोगाउन छुट्टै टास्क फोर्सको खाँचो समेत औल्याएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामले जंगली जनावरको वासस्थान सुरक्षित गर्दै तिनको संरक्षणको सवालमा दीर्घगामी सोच साथ अघि बढ्न आवश्यक देखिएको बताए ।
उनले जंगली जनावर उपरको निगरानी गाह्रो विषय भएकाले स्रोत साधन सहितको टास्क फोर्सको आवश्यक्ता रहेको बताए । त्यसकालागि छुट्टै ठोस योजना आवश्यक पर्ने उनको भनाई छ ।

रामका अनुसार पछिल्लो समय हात्ती हिंड्दै आएको बाटोमा करेण्ट प्रवाह गर्ने क्रम बढेको पाइएको छ । जसको कारण समेत असुरक्षित तवरले थापिएका विद्युतीय धरापमा हात्तीका साथै अर्ना लगायतका संरक्षित जनावर दुर्घटनामा पर्ने सम्भावनालाई बढाएको छ ।

त्यसका साथै आरक्षको कार्यालयले चोरी शिकारीका कारण समेत आरक्षका जनावर संकटमा पर्न थालेको तर्फ समेत संकेत गरेको छ । गस्ती र निगरानी बढाउने जस्ता नियमित कार्य भैरहे पनि चोरी शिकारीले जंगली जनावरमाथि आक्रमण गरी घाइते बनाउने क्रम समेत देखिएकाले संरक्षणमा चुनौती थपिएको कार्यालयको ठमयाई छ ।

शनिवार बिहान मृत भेटिएको सानो दाह्रे हात्तीको शरीरमा गोलीका छर्रा समेत भेटिएकाले समेत आरक्षको कार्यालय सशंकित बनेको छ । हात्तीको शरीरमा छर्रा भेटिनुलाई संरक्षण अधिकृत रामले यकिन साथ शिकारीले गोली हानेको हुन सक्ने दावी नगरे पनि विभिन्न कोणबाट आशंका भने उब्जाएको बताएका छन् । उनले हात्ती धपाउन गोली हानिएको समेत हुन सक्ने अड्कल काटेपनि सहजै कोही कसैले जनावरलाई भगाउन गोलीनै हान्ने अवस्था भने सहज नभएको बताएका छन् ।

आरक्षको कार्यालयले पछिल्लो पटक जंगली हात्तीको आक्रमण बढ्दै जाँदा आक्रोसित बनेका स्थानीय समेत हात्ती संरक्षणको पक्षमा नदेखिएको हुँदा त्यसले समेत क्षति बढ्न र बढाउन सक्ने अवस्था देखिएको प्रति चिन्ता व्यक्त गर्न थालेको छ ।

मकुना हात्ती मार्नु पर्ने स्थानीयले आवाज उठाई रहेको अवस्थाका बिच हात्ती नियन्त्रण र सुरक्षाको सवालमा प्रभावकारी काम गर्न लागिपरेको बताउँदै आएका स्वयं संरक्षण अधिकृत अशोक राम मकुना हात्ती समेत मानवीय धरापमा पर्ने हो कि भन्ने विषयले चुनौति थपेको बताउँछन् ।

उनका अनुसार सर्वसाधारणले खेतबारी र जंगली जनावर हिंड्ने सम्भावित क्षेत्रमा करेण्ट प्रवाह गर्ने क्रम बढेको छ । स्थानीयले आफु र आफ्नो बालीनाली जोगाउन करेण्ट प्रवाह गर्ने क्रम बढेकाले आरक्षका जनावरको संरक्षणमा चुनौति थपिएको उनको बुझाई छ । जसका लागि आरक्षको कार्यालयले संरक्षित जनावरको संरक्षणको सवालमा सबैको साथ र सहयोगको खाँचो औल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४