Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाको कलर ट्यून हटाउन माग गर्दै अदालतमा मुद्दा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 3.2K
    SHARES

एजेन्सी । कोरोना भाइरसको खतरालाई मध्यनजर राख्दै भारतमा लकडाउन भयो । लकडाउनसँगै कसैलाइ फोन गर्दा सबैभन्दा पहिला कोरोनाबाट कसरी जाेगिन सकिन्छ भन्ने लागि सन्देश सुन्न पाइन्छ । भारतमा सुरुसुरुमा अरुकै आवाजमा यस्तो किसिमको सन्देश आए पनि अहिले भने बलिउडका दिग्गज कलाकार अभिताभ बच्चनको आवाज सुनिन्छ ।

भारतको राजधानी दिल्लीको उच्च अदालतमा अमिताभ बच्चनको आवाजमा कलर ट्यून हटाउन माग गर्दै रिट दर्ता भएको छ । अभिताभ बच्चनले कलर ट्यूनमा बाेल्नका लागि मोटो रकम लिएको उल्लेख गर्दै दर्ता भएको रिटमा कोरोनाबाट जोगाउन अग्रपंक्तिमा खटिनेहरुको आवाजमा कलर ट्यून राखिनुपर्ने माग गरिएको छ । कोरोनाकालमा समाजको सेवामा लाग्ने व्यक्तिहरुमध्ये कसैको आवाजमा कलर ट्यून राख्नुपर्नेमा राज्यकोषबाट करोडौं रकम खर्चिएर अमिताभ बच्चनलाई दिइएकोमा असन्तुष्टि प्रकट गर्दै रिट दर्ता भएको हो ।

रिटमा कोरोना निर्मुल पार्न फ्रन्टलाइनमा खटिएकाहरुले अभिताभ बच्चनले जस्तो पैसा पनि नलिने उल्लेख गरिएको छ । दिल्लीको उच्च अदालतले यसलाई सुनुवाइका लागि याेग्य भएकाे जनाउँदै सुनुवाइ गर्ने भएको छ । रिटमा १८ जनवरीमा सुनुवाइ हुने भारतीय मिडियाले जनाएका छन् ।

कलर ट्यूनमा कोरोना भाइरसको संक्रमणबाट जोखिन अपनाउनुपर्ने सावधानीका उपायहरु सुनाइएकाे छ । भारत लगायत विश्वभर फैलिएको कोरोना अहिलेसम्म नियन्त्रणमा आएको छैन । कोरोना भाइरसका विरुद्ध विश्वका विभिन्न देशहरुले खोप बनाइरहेका छन् ।

कतिपय देशमा खोप लगाउन सुरु गरिसकिएको छ भने कतिपय देशहरुले अनुमति दिँदै छन् । भारतमा भने कोभिसिल्ड र कोभ्याक्सिन नामक खोप लगाउन अनुमति दिइएकाे छ । केही दिनभित्र त्यहाँ खोप अभियान सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४