Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसक्यो पूर्व राजा ज्ञानेन्द्र शाहको ठहर :


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 8.2K
    SHARES

काठमाडौं, / पूर्व राजा ज्ञानेन्द्र शाहले देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसकेको बताउनु भएको छ ।

उहाँले नेपाली जनताले व्यहोरिरहेको वर्तमान राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ र कति जनहित अनुकुल छ भन्ने प्रश्न गर्दै यस्को बारेमा समीक्षा गर्ने समय आएको उल्लेख गर्नु भएको छ ।

२ सय ९९ औ पृथ्बी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर आइतबार एक विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले देशमा परिवर्तनको नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएको महसुस आम नेपालीले गरिरहनु परेको उल्लेख गर्नु भएको छ ।

उहाँले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो पार्नु पर्ने औचित्य टड्कारो देखिएको उल्लेख गर्दै अहिले देश कसरी बचाउने भन्ने चिन्ता थपिएको बताउनु भएको छ ।

विज्ञप्तीमा पूर्व राजा शाहले दैविक आर्शीवाद, अध्यम्ह साहस, पौरख , कुटनीतिक कौशलतको अद्धितीय क्षमताबाट पृथ्बीनारायण शाहले नेपालको एकीकरण गरेको र नेपालको निर्माणमा हरेक जातिको, भाषाभाषीको र सांस्कृतिक समुदायका आ–आफ्नै विशिष्ट योगदान रहेको उल्लेख गर्नु भएको छ ।

नेपाली भनेको नेपाली नै हुन कुनै अर्को जलप लगाएर नेपाली नहुने भन्दै पूर्व राजा शाहले राष्ट्रको स्वाभिमान र स्वाधीनता रक्षाका लागि पृथ्बीनारायण शाहको दिव्योपदेशको मनन गर्न अझै आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४