Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावमा जान तयार छौं : काङ्ग्रेस नेता चन्द्र भण्डारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 3.1K
    SHARES

बुटवल,/  नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले संसद विघटन भएमा नेपाली काङ्ग्रेस चुनावमा जान तयार रहेको बताएका छन् ।

संसद विघटन बारे सर्वोच्चले जेसुकै निर्णय गरे पनि नेपाली काङ्ग्रेसले स्वागत गर्ने बताउदै उनले संविधानले व्याख्या गर्ने अधिकार दिएको सर्वोच्चको रहेकोले सर्वोच्चको निर्णय पर्खनुपर्ने बताए ।

रिपोर्टस क्लब लुम्बिनीले बुटवल मा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले विचाराधिन विषयमा पूर्व प्रधानन्याधिसहरुले बोल्नु गलत भएको बताएका छन् । विधिको शासन र व्यवस्थाप्रति विस्वास गर्नेहरुले नै संसद विघटनका बारेमा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको विषयमा बोल्नु गलत भएको बताएका हुन् ।

वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकिरहेको अवस्थामा केपी ओलीले संसद विघटन गर्नु सकारात्मक भएको उनले बताए । ‘करिव दुई तिहाई बहुमतको सरकार बनाएको सत्तारुढ दल नेकपामा जनताका बारेमा भन्दा बढी पदकै लागि झगडा भइरह्यो, उनको सरकारले कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक हो ।’ भण्डारीले भने ।

पार्टी महाधिवेशनको सन्दर्भमा बोल्दै नेता भण्डारीले आफू स्वयं उम्मेद्बार नहुने तर नयाँ पुस्तालाई समर्थन गर्ने बताएका छन । उनले यसअघि चुनावमा हराउन बालकृष्ण खाड, बिष्णु पौडेलहरुले चुनाव क्षेत्र काटेर हराएको आरोप लगाउदै आगामी चुनावमा आफुले जित्ने दाबी समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४