Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपी टेलिभिजन सेवा थाल्दै नेपाल टेलिकम


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 5.5K
    SHARES

काठमाडौं । नेपाल टेलिकमले अब आफ्नै आईपी टेलिभिजन सेवा दिने भएको छ । कम्पनीका अनुसार आगामी अंग्रेजी नयाँ वर्षबाट टेलिकमले आईपी टीभी सेवा दिन तयारी गरेको हो ।

टेकिलमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार टेलिभिजन सेवाका लागि अहिले परीक्षण प्रसारण भइरहेको छ।जनवरी १देखि सेवा सुरु गर्न विभिन्न तयारी अघि बढाइएको उनले बताए ।

अहिले विदेशी टेलिभिजनका क्लिन फिड कन्टेन्ट र प्याकेजलाई सेवामा जोड्ने काम धमाधम भइरहेको कम्पनीले बताएको छ ।

टेलिकमको एफटीटीएच (फाइबर टु दि होम) मार्फत इन्टरनेट सेवा लिइरहेका ग्राहकले अब टेलिकमकै आईपी टीभी चलाउन पाउनेछन् ।यो सेवा सुरु भएपछि टेलिकमका एफटीटीएच इन्टरनेटका ग्राहकले टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा एउटै सीपीईबाट पाउन सक्नेछन् ।

एउटै सीपीईबाट टेलिफोन, इन्टरनेट र टेलिभिजनको सेटटप बक्समा लाई लैजान सकिनेछ ।

‘यसले टेलिकमको सेवामा मूल्य अभिवृद्धि गर्छ,’ उनले भने,’ग्राहकलाई घरमा टेलिफोन, इन्टरनेट र टेलिभिजनका लागि छुट्टाछुट्टै सेवा प्रदायक खोजीरहन पर्दैन ।’

टेलिकमले यसका लागि व्यवसायिक योजना पनि ल्याउन तयारी गरेको छ । आईपी टीभीको सहुलियत दरको सेवा शुल्कसहितको बजार रणनीति तय गरेर इन्टरनेटका ग्राहकहरु बढाउने योजनामा टेलिकम छ ।

अहिले विभिन्न निजी स्तरका इन्टरनेट सेवा प्रदायकले आईपी टिभी सेवा दिइरहेका छन् । प्रवन्ध निर्देशक अधिकारीका अनुसार आईपी टीभी लगत्तै टेलिकमले निकट भविष्यमै आफ्नै मोबाइल टेलिभिजनको ‘ओटीटी (ओभर दि टप) पनि सञ्चालनमा ल्याउने छ । अहिले निजी सेवा प्रदायकमार्फत मात्रै टेलिकमले मोबाइल टीभीको ओटीटी सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४