Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी उपराष्ट्रपति पेन्स बाइडेनको सपथ कार्यक्रममा उपस्थित हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 6.6K
    SHARES

एजेन्सी, / अमेरिकी उपराष्ट्रपति माइक पेन्स आगामी जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुनुहुने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसक्नु भएको छ ।

राष्ट्रपति ट्रम्पका अति निकट सहयोगीका रुपमा रहनु भएका उपराष्ट्रपति पेन्सले पछिल्ला दिनहरुमा परिवर्तित राजनीतिक परिदृश्यलाई स्वीकार गर्न थाल्नु भएको छ । उहाँले नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएको घोषणा गर्नु भएको थियो ।

बाइडेनको विजयलाई रोक्ने गरी कंग्रेसमा राष्ट्रपति ट्रम्पका समर्थकले आक्रमण समेत गरेका थिए । यस घटनामा संसद भवनभित्र र बाहिर गरी पाँच जनाको ज्यान गएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा संसदमा आक्रमण भएको जनाउँदै डेमोक्रेट पार्टीले राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग लगाउने तयारी गरिरहेका छन् ।

तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५औं संशोधन बमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्रेटले राष्ट्रपति विरुद्ध महाभियोग ल्याउने चेतावनी दिइसक्नु भएको छ ।

यद्यपी यस महाभियोगका बारेमा उपराष्ट्रपतिले केही प्रतिक्रिया दिनु भएको छैन, तर विभिन्न संचार माध्यमले उपराष्ट्रपति पेन्सले अमेरिकी इतिहासमै हालसम्म प्रयोग नभएको संविधानको त्यस प्रावधानलाई प्रयोग नगर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४