Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 9.9K
    SHARES

२०७७ पुस २६ गते, आइतवार, १० जनवरी २०२१। पौष कृष्णपक्ष, द्वादशी तिथि (१५:३६ बजेपछि त्रयोदशी), अनुराधा नक्षत्र (१०:०१ बजेदेखि ज्येष्ठा), चन्द्रराशि– वृश्चिक।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदाको स्रोत पनि गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्। परिस्थितिले अनावश्यक काम वा वस्तुहरूमा समेत खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। कामबाट आम्दानी भइरहनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा पनि मनग्गे फाइदा हुनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतीहरूका लागि भने आजको दिन उत्साहजनक रहनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। नियमित काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि हातलागी नहुन सक्छ। मिहिनेत गर्दा लक्ष्य प्राप्त हुनेछ। स्वास्थ्य-चिन्ताले भने अलि सताउन सक्छ। आफ्नो हक दाबी गर्न नसक्दा लाभांश गुम्न पनि सक्छ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बेसुरमा वचन दिने बानीले समस्या पर्न सक्छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। प्रयत्न गर्दा असमझदारीका बीच पनि साझेदारी जम्न सक्छ। बुद्धिको उपयोग गर्दा भैपरी आउने समस्यालाई पनि सुल्झाउन सकिनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा रोकिएको काम समेत बन्नेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

विभिन्न अवसर जुट्नेछन् भने सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। अग्रजहरूको साथ जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले अवसर दिलाउनेछ भने निरन्तर लागिपर्दा अप्ठ्यारो काम पनि सम्पादन हुनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउन सक्छ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। आँटेको काम तत्काल बन्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तापनि, लागेको मूल्य उठाउन सकिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। कामको लागत बढ्न सक्छ। लामो यात्राकाे अवसर जुट्नेछ। वैदेशिक क्षेत्र लाभदायक रहला। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतीक्षित नतिजाले काममा हौसला जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने ग्रहयोग पनि छ। पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि तथा व्यापारमा फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

उपलब्धिका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

समयमा होसियार बन्न नसक्दा केही चुनौती आइलाग्नेछन्। तापनि, बिस्तारै भाग्यले साथ दिनेछ। चुनौतीहरू हट्नेछन् भने अवसर र सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम र इनाम प्राप्त हुनेछ। धार्मिक तथा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४